stcnepal long ad
ime life insurance
national life
global ime bank long

कांग्रेसद्वारा विधानका केही दफा निलम्बन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

फागुन १, २०७६ , काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागू हुने गरी पार्टी विधानका केही दफा निलम्बन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा अधिवेशन र महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न विधानका दफा निलम्बन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।
विधानका दफा निलम्बन गर्ने निर्णयलाई पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गराइनेछ । बैठकले दफा ४ (२) को ‘एक वर्ष पुगेपछि’, (१०) (ञ) ‘छ महिना’, (१२) (ख) ‘नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको’, दफा ३५ को (२) (घ) ’भन्दा कम्तीमा एक वर्ष’ र ‘तीन महिना’, दफा ५० को (६)– ‘छ महिना अगावै’ र ‘छ महिना’ व्यवस्था निलम्बन गरेको पनि मुख्य सचिव पौडेलले बताए ।
यसैगरी पार्टीका वडा तहमा हाल विद्यमान क्रियाशील सदस्य संख्याको बढीमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने बैठकले निर्णय गरेको छ । कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्दा वडाको जनसख्याको बनोटलाई मध्यनजर गरी समानुपातिक समावेशीतालाई ध्यानमा राखी वितरण गरिनेछ ।
कांग्रेस पार्टी सङ्गठनको अन्तरिम संरचनाको समायोजनको कार्य केही जिल्लामा हालसम्म पनि सम्पन्न नभइसकेकाले क्रियाशील सदस्यता वितरण÷नवीकरण गत माघ १३ गतेको बैठकको निर्णयबाट पारित समायोजन र क्रियाशील सदस्य सम्बन्धी कार्यतालिका बमोजिम परिमार्जन गरिएको छ ।
बैठकले राजनीतिक पूर्वाग्रह राखी भिन्न राजनीतिक आस्था राख्ने राजनीतिक दलका नेता कार्यकर्तालाई सुनियोजित रुपमा झुठा मुद्दा लगाउने, दमन गर्ने, सरकारकै संरक्षणमा संस्थागत भ्रष्टाचार गर्ने गरेको आरोप लगाउँदै संविधानको मर्म एवं भावना विपरीतका विधेयक र जनविरोधी क्रियाकलापकाविरुद्ध चरणवद्ध विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा भ्रातृ संघ एवं शुभेच्छुक संस्थाको विधानका सैद्धान्तिक आधार तथा मापदण्ड एकरुपता निर्धारण समितिका संयोजक एनपी साउदले समितिको तर्फबाट बैठकमा नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ र नेपाल दलित संघको विधान प्रस्तुत गरेका थिए ।

IME Lifesidebar
kumari