कांगेसमा विमलेन्द्र अधि बढदै
काठमाडौ । नेपालमा ‘राष्ट्रियताको संरक्षण र संवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद’ स्थापना गर्ने नारा लिएको नेपाली कांग्रेसले विभिन्न कालखण्डमा देश र जनतालाई विभिन्न शोषण, अन्याय, अत्याचार, निरंकुशता क्रूर राणा र पंचायती शासनबाट मुक्ति छुटकारा दिलाएको इतिहास छ। नेपाली कांग्रेस एउटा ठुलो लोकतान्त्रिक पार्टी हो।
नेपाली कांग्रेस पार्टीका संस्थापक नेता बिपी कोइराला मधेसलाई खुबै आदार गर्थे। आदिवासी मधेसी, आदिवासी जनजाति, मुस्लिम, महिला सबैलाई समान प्रतिनिधित्व गराउनु हुन्थ्यो।
२०१५ सालकाे बिपी कोइरालाको मन्त्रिमण्डलमा ६ जना मन्त्री मात्रै थिए । त्यसमा एउटा महिला, एउटा मधेसी, एउटा जनजाति,एउटा बाहुन र एउटा दलित सबै जनालाई मिलाएर मन्त्री बनाउनु भएको थियो।
यता मधेसमा बुढाहरुको मुखबाट पनि सुन्ने गर्छु मधेसको बालुवा र गिट्टी पनि कांग्रेसी हुन्थ्यो रे । कांग्रेस र मधेसको सम्बन्ध शरीर र आतमाको छ, एक बिना अर्को अधुरो। तर मधेस बाट कांग्रेसले अहिलेसम्म नेतृत्व पाउन सकेको छैन। १४ औं महाधिवेशनबाट मधेसले कांग्रेसको नेतृत्व गर्न पाउनु पर्छ।
तराई मधेस पहाड हिमाल समुच्चा देश लाई एकसुत्रमा बाँधी पुनः बिश्वलाई नेपाली एकता र अखण्डताको सन्देश दिने यहि उपयुक्त समय हो । अतिवादी र सामुदायिक राजनीतिज्ञहरुको हालीमुहालीले गर्दा हाल देश र जनता त्राहिमाम छ, देशको अवस्था लथालिङ्ग छ ।
लैंगिक र जातीय विभेद चरममा छ। उपचार र खान नपाएर जनता मरेको यतिको संख्यामा आत्महत्या गरेको इतिहासमा कहिले सुनिएको थिएन नेपालमा।
यी सबबाट देश र जनतालाई पुनः छुटकारा दिलाउन कांग्रेस बलियो हुनु पर्छ राम्रो हुनुपर्छ यहि हाम्रो चाहना छ। हाल नेपाली कांग्रेसको केन्द्रिय उपसभापति विमलेन्द्र निधिले सभापति बन्ने आकांक्षा देखाउनु भएको छ।
यहाँ १२ बर्षको उमेर देखि नेपाली राजनीति मा सक्रिय रहदै आउनु भएको छ,यहाँ काँग्रेसका सबै भन्दा पुरोना नेता विपी कोइरालासँगै काम गर्नुभएको छ ।
२०३६ सालमा विपी कोइरालाको प्रयासले विमलेन्द्र निधी नेविसंघको केन्द्रिय अध्यक्ष हुनुभएको थियो । १६ वर्षकै हुँदा निधीलाई प्रहरीले समातेर जेलमा राख्यो ।
निधीले पटक पटक जेल जीवन विताउनु भएको छ । ७ वर्ष जेलमा बस्नुभयो– प्रजातन्त्रका लागि । पार्टीमा उहाँको ठूलो लगानी छ । आफ्नो मेहनत, इमान्दारी,त्याग र लगनशीलताले पार्टीमा उहाँ उच्च स्थानसम्म पुग्नु भएको छ ।
वास्तवमा भन्नुहुन्छ भने उहाँले पहिल्यै पार्टीको सभापति बनिसक्नु पर्थ्यो । पार्टीमा पनि भेदभाव छ– जसका कारण उहाँ सभापति बन्न सक्नु भएको छैन ।
अहिले आएर विमलेन्द्र निधिले पाटी सभापतिमा उम्मेदवार बन्ने आफ्नो इच्छाउनु भएको छ । सबै मिलेर वहाँलाई सहयोग गर्नु पर्ने देखिन्छ । यदि होइन भने अरु पनि कोइ छ मधेसबाट प्रतिनिधित्व गर्ने भने अगाडि आउनु पर्दछ र सबैले मिलि सहयोग गर्नु पर्दछ। देशले खोजेको निकास एउटा हिमाल पहाड तराइ मधेस सहितको बलियो कांग्रेसले नै दिनसक्छ।























