stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

आजको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने तयारी गरेको छ । त्यस्तै चुनावी परिणाम आफ्नो पक्षमा पार्न कार्यतालिका बनाएर आवश्यक योजना र रणनीतिका साथ अघि बढ्ने नेताहरूले बताएका छन् ।

गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति चुनिएका थिए । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरू आज पहिलो पटक केन्द्रीय कार्यालय सानेपा पुग्नेछन् ।

बैठकमा थापालाई भावी प्रधानमन्त्री घोषणा गरी निर्वाचनमा होमिने, निर्वाचन अभियानसँग सम्बन्धित समिति गठन गर्ने र समसामयिक राजनीतिक सन्दर्भमा पनि छलफल हुने जनाइएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सभापति थापा सर्लाही ४ बाट उम्मेदवार छन्।

prabhu mahalaxmi
kumari