आज काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) बस्ने भएको छ । बिहीबार पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक दिउँसो ३ केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिएका हुन् ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ ।





























