पौडेल समूहको कांग्रेस केन्द्रीय कार्यालयमा भेला
काठमाडौं । पार्टीभित्रका पछिल्ला गतिविधि, विभाग गठन, पार्टीमा भएका अन्य दलका नेता कार्यकर्ताको समायोजन लगायतका विषयमा छलफल गर्न कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।
महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि नयाँ विभाग गठन गरिएको तथा पार्टीमा नयाँ प्रवेश गरेकालाई दिइएको पदबारे छलफल नगरिएको लगाएका विषयमा यो समूह असन्तुष्ट छ ।
बैठकमा बरिष्ठ नेता पौडेलका साथै महामन्त्री डा. शशांक कोइराला तथा नेताहरु अर्जुननरसिंह केसी, डा. रामशरण महत, शेखर कोइराला, डा. मीनेन्द्र रिजाल, दिलेन्द्र बडु, किरण यादव, सरिता प्रसाई, चन्द्र भण्डारी लगायत छन् । नेता प्रकाशमान सिंह भने अर्को कार्यक्रममा व्यस्त रहेको सूचना दिएर अनुपस्थित छन् ।
बैठकले विभाग गठन, समायोजन र कृयाशिल सदस्यता वितरण बारे सभापति देउवालाई पठाउने लिखित पत्र तयार गर्ने बैठकमा सहभागि एक नेताले बताए ।


























