sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

प्रधानमन्त्री ओलीले आफ्नो पहिलो औपचारिक विदेश भ्रमण चीनबाट गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो औपचारिक विदेश भ्रमण चीनबाट गर्ने तयारी गरेका छन्।

ओलीले आगामी मंसिरमा चीन भ्रमण गर्ने तयारी छ। त्यसका लागि प्रधानमन्त्री कार्यालयले समेत आन्तरिक रुपमा काम थालेको छ। प्रधानमन्त्रीमा नियुक्त भएको साढे तीन महिनासम्म ओलीले औपचारिक विदेश भ्रमण गरेका छैनन्।

गत महिना अमेरिकामा भएको संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएका प्रधानमन्त्री ओलीले औपचारिक विदेश भ्रमण भारतबाट सुरु गर्ने चर्चा केही समय अगाडी चलेको पनि थियो। तर भारतबाट औपचारिक निमन्त्रणा नआएका कारण त्यो हुन सकेको छैन।

अहिले प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने तयारीमा लागेको प्रधानमन्त्री निकट र परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

ओलीको चीन भ्रमणका लागि राजनीतिकरुपमा दुवैतर्फबाट आन्तरिक तयारी तीव्र पारिएको छ। सकेसम्म प्रधानमन्त्रीको भ्रमण मंसिर महिनाभित्रै गर्ने गरी दुवै पक्षबाट तयारी थालिएको दाबी स्रोतको छ।

चिनियाँ कम्युनिस्ट पार्टीपनि नेपालका प्रधानमन्त्रीको भ्रमण तत्काल गराउन तयार देखिएको छ। चिनियाँपक्षबाट भ्रमणको निम्ता आइसकेको समेत एमाले उच्च स्रोत बताउँछ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका गएका बेला चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता गरेका थिए। त्यसबेला नै भ्रमणका बारेमा कुरा भएको बताइएको छ। तर परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक पुष्टि भने गरेको छैन।

 

gold
prabhu bank
nawakantipur long