चिनियाँ राजनीतिज्ञ चेन घांग नेपालमा

काठमाडौँ। चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा आउनुभएको छ । शनिबार उहाँ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउनु भएको हो। उहाँलाई स्वागत गर्न नेपालस्थित चिनियाँ राजदूतावासका कर्मचारीहरु विमानस्थल पुगेका थिए।
घांग हाल छिन्घाईको कम्युनिस्ट पार्टी सचिवको रूपमा सेवारत हुनुहुन्छ।यसअघि उहाँले अखिल चाइना फेडेरेसन अफ ट्रेड युनियनको कम्युनिस्ट पार्टीको सचिवको रूपमा काम गर्नुभएको थियो।नेपाल भ्रमणका क्रममा उहाँले राजनीतिक व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम रहेको छ।