stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

बागमती प्रदेश सरकारको आकस्मिक बैठकका निर्णय

Nimb long ad
Prabhu Insurance Long Ad

मकवानपुर । बागमती प्रदेश सरकारको आकस्मिक बैठक बसेको छ । शनिबार साँझ मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा उपलब्ध मन्त्रीहरुसहित काठमाडौंमा बसेको आकस्मिक बैठकले विपद्बाट प्रभावितहरुका लागि तत्काल सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले अविरल वर्षाका कारण भएका क्षतिको सम्बन्धमा खोज,उद्धार र राहतलाई थप प्रभावकारी बनाउन जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति तथा सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा निकायले आ–आफ्ना विषय क्षेत्रसँग सम्बन्धित क्षतिको विवरण तत्काल उपलब्ध गराउने, क्षति विवरण तत्कालै एकिन गरी सो पश्चात प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० बमोजिम प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग तत्काल उपलब्ध गराउने निर्णय गराउने, विपद्वबाट प्रभावित नागरिकहरूलाई थप सहयोगका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, बैठकले विपद्बाट घाइते व्यक्तिहरूको सीघ्र उपचारका लागि चिकित्सकीय टोली तथा आवश्यक औषधि तथा उपकरणहरूको व्यवस्थापन प्रदेश स्वास्थ्य मन्त्रालयले गर्ने, तत्काल नागरिक आवागमन सहज बनाउन अवरूद्ध सडकहरूको मर्मत तथा व्यवस्थापनका लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्य प्रारम्भ गर्ने निर्णय गरेको छ ।

 

prabhu mahalaxmi
kumari