प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शुक्रबार (असार २८ गते) प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समर्थन फिर्ता लिएपछि आज बस्ने प्रतिनिधिसभा बैठकमा उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।
आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । १८ महिनामै ५औं पटक विश्वासको मत लिँदै प्रधानमन्त्री ‘प्रचण्ड’, नेपालको संसदीय इतिहासमा सम्भवतः यो पहिलो घटना























