sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच बालकोटमा भेटवार्ता

Nimb long ad
Prabhu Insurance Long Ad

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच ओलीनिवास बालकोटमा भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओलीलाई भेट्न सभापति देउवा श्रीमती आरजु देउवा राणासहित बालकोट पुग्नु भएको थियो । भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।

एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईँले उहाँहरुबीच समसामयिक राजनीतिक विषय, देशको वर्तमान अवस्था र विभिन्न विषयमा छलफल भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एमाले अध्यक्ष र कांग्रेसका सभापतिबीच नियमित भेटघाट हो, ठाउँ मात्रै फरक हो, केहीदिन  अघि पनि  सिंहदरबारमा  प्रधानमन्त्री  प्रचण्ड सहित  उहाँहरुबीच भेटवार्ता छलफल भएकै हो ।”

prabhu bank
nawakantipur long