sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने तयारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबारसम्म सदनको अवरोध हट्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)(को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक गतिरोध निकासको दिशातर्फ अगाडि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रमुख प्रतिपक्षी दल र सत्ता समीकरणमा रहेका दलबिच निरन्तर छलफल र संवाद भइरहेको छ । भोलिसम्म सदनको अवरोध हट्ने छ ।”

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान भएदेखि प्रमुख प्रतिपक्षीसहितका दलको अवरोधले दुवै सदनको कामकारबाही अवरुद्ध हुँदै आएको छ ।

सो कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी गराउनुभयो । विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा नरहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी बजेट निर्माण भइरहेको जानकारी गराउनुहुँदै आगामी बजेटमार्फत जनताका आकाङ्क्षा सम्बोधन गरिने बताउनुभयो ।

“सरकारको ध्यान आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने र संविधानले व्यवस्था गरे अनुसारको बजेट बनाउनेतिर छ । नीति तथा कार्यक्रमका मूलभूत मान्यतालाई बजेटले बोक्नै पर्छ,” उहाँले भन्नुभयो ।

लोकतन्त्र सुदृढीकरण गर्न पनि कम्युनिस्ट विचार एकीकृत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । नेकपा ९माओवादी केन्द्र० का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कम्युनिस्ट आन्दोलनका दस्ताबेजलाई एकीकृत गर्नुपर्ने अवस्था आएको छ । लोकतन्त्र सुदृढीकरण र जनताको आकाङ्क्षा पूरा गर्न सबै एकीकृत हुनु पर्छ ।”

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेकपा (माओवादी केन्द्र)(कर्णाली प्रदेश समितिले प्रकाशित गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्ताबेजहरू ग्रन्थ–२’, आस्था केसीद्वारा लिखित ‘जनयुद्धका चिठी’ र ‘कालीकोट स्मारिका’ को विमोचन गर्नुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)(का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा तमासा भइरहेको टिप्पणी गर्नुभयो । उहाँले राष्ट्रिय राजनीतिमा आफूहरूलाई बेवास्ता गरिएको गुनासो गर्दै सो टिप्पणी गर्नुभयो । उहाँले देशमा स्थायित्व र वामपन्थी कम्युनिस्टहरूबिचको एकता र समझदारी नयाँ उचाइमा पुग्नुपर्नेमा जोड दिनुभयो ।

gold
prabhu bank
nawakantipur long