नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ।कांग्रेसले शुक्रबार बिहान ८: ३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने जानकारी दिएको छ। बैठकमा संसदमा भएको तनाव र नयाँ रणनीतिक विषयमा छलफल हुने बताइएको छ।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगिको छानबिनको माग गर्दै संसदीय छानबिन समिति बनाउन सरकार तयार नभएपछि संसदको अवरोध जारी राखेको छ।