stcnepal long ad
national life

नेकपा अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपतिलाई भेट्न पुगे शितल निवास

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल पनि राष्ट्रपतिलाई भेट्न शितल निवास गएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात संसद अन्त्य गर्न सिफारिस गरेपछि जारी स्थायी समिति बैठक स्थगित गरेर प्रचण्डले ओलीसँग बालुवाटारमै भेटेका थिए।

ओली प्रचण्ड भेट भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य भएको पत्र संसद सचिवालयमा पठाएकी थिइन्। ओलीसँगको छोटो भेट सकाएर प्रचण्डले पार्टी सचिवालय सदस्यहरूसँग परामर्श गरे। लगत्तै उनी राष्ट्रपतिलाई भेट्न उनी शितल निवास गएका हुन्।

संसद अधिवेशन अन्त्य गरेपछि प्रधानमन्त्री ओलीले पार्टी फुटाउनका लागि अध्यादेश जारी गर्ने अड्कल बढेको छ।

यसअघि बिहीबार बिहान प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए। राष्ट्रपतिसँगको छलफलपछि बालुवाटारमा मन्त्रिपरिषदको बैठकबाट ओलीले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेका थिए।

यसअघि वैशाख पहिलो साता पनि प्रधानमन्त्री ओलीले राजनीतिक दल सम्बन्धी ऐनमा संशोधन गर्न अध्यादेश ल्याएका थिए। पार्टीभित्र र बाहिर चरम विरोध भएपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएका थिए।

हालको कानुन अनुसार कुनैपनि दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत संख्या आवश्यक हुन्छ। प्रधानमन्त्री ओलीको पक्षमा हाल संसदीय दलमा ४० प्रतिशत सदस्य रहेको तर केन्द्रीय समितिमा ४० प्रतिशत सदस्य पुग्ने अवस्था छैन।

यस्तोमा प्रधानमन्त्री ओलीले संसदीय दलमा मात्र ४० प्रतिशत पु¥याउँदा पार्टी विभाजन गर्न मिल्ने गरी अध्यादेश जारी गर्न सक्छन्। नेकपाको जारी स्थायी कमिटी बैठकमा बहुसंख्यक सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल स्थायी कमिटीको बहुमतले भए पनि प्रधानमन्त्रीले राजीनामा गर्नु पर्ने निर्णय गर्ने पक्षमा छन्।

संसदमा अहिले पनि केही महत्वपूर्ण विधेयक र एजेन्डाहरू बाँकी नै छैन। नागरिकता, अख्तियार र संघीय निजामती सेवासम्बन्धी तीन विधेयक पास हुने चरणमा थिए।

अमेरिकी सहायता परियोजना (एमसिसी) पनि अनुमोदन गर्ने कि नगर्ने भन्ने एजेन्डा पनि बाँकी नै थियो।

gold
kumari bank
kumari
nawakantipur long