stcnepal long ad
national life

राष्ट्रियसभामा उठ्यो सार्वजनिक यातायात क्षेत्रको विषय

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  राष्ट्रियसभा बैठकमा सांसदहरुले यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनु पर्ने देखि लिएर स्वास्थ्यकर्मी माथि कुटपिट भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा बोल्ने सांसदहरुले निजी र सार्वजनिक यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनु पर्ने र अहिलेको अवस्थामा स्वास्थ्यकर्मीहरुको सुरक्षा ग्यारेन्टि गर्नुपर्ने बताएका हुन् ।

सांसद रामनारायण विडारीले यातायात क्षेत्रमा नेपालीहरुको खरबौँ लगानी भएपनि यसलाई हेर्ने छुट्टै मन्त्रालय नभएको बताए । यात्रुबाहक, मालबाहक लगायत विभिन्न प्रकाशका यातायातका साधन सञ्चालनमा रहेपनि यसका लागि छुट्टै नीति नभएको उनले बताए ।

नीजिले पनि सार्वजनिक भाडाको काम गरिहरेको उल्लेख गर्दै उनले यातायात व्यवसायीहरुलाई १० प्रतिशत पुर्नकर्जा र ढृुवानीमा भ्याट छुट दिएर टिडिएस मात्रै लाग्ने व्यवस्था गर्न सरकारलाई आग्रह गरे ।

सांसद विमलाई राई पौडेलले अति विशिष्ट व्यक्तिहरुका लागि राम्रो सुरक्षा प्रवन्ध गर्ने चलन रहेपनि पछिल्लो समय स्वास्थ्यकर्मीहरुमाथि आक्रमण भइरहेको तर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

अहिलेको संकटको समयमा अति विशिष्ट व्यक्ति भनेका स्वास्थ्यकर्मी भएपनि उनीहरुमाथि आक्रमण भइरहेको बताइन् । स्वास्थ्यकर्मी नै सुरक्षित नभए आम नागरिक कसरी सुरक्षित हुन्छन् भन्दै उनले ध्यानाकर्षण गराइन् ।

सांसद शान्तिकुमारी अधिकारीले असारले विकासले विनास निम्त्याएको बताइन् । जेठ १५ मा बजेट सार्वजनिक भएर असारमा पास हुने भएपनि पुसमा मात्रै सम्झौता गर्न सुरु हुने परम्परा तोड्नुपर्ने बताइन् ।

साउन र भदौ महिनामा कर्मचारीहरु पालैपालो विदामा बस्ने हुँदा काममा ढिलाई भइरहेको उनले बताइन्। सम्बन्धि मन्त्रालयहरुले अख्तियारी चाँडो दिएर कार्तिक भित्र कम सुरु गरी जेठ मसान्तमा काम सक्नुपर्ने नीति बनाउन जरुरी रहेको उनले बताइन् ।

सांसद शेरबहादुर कुँवरले अस्तव्यस्त क्वारन्टिनको कारण कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए । संकलकन भएका स्वावको पीसीआर परीक्षणका लागि महिनौँ दिनसम्म कुर्नुपर्ने अवस्थाले समुदायस्तरमा कोरोना फैलिने डर भएको उनले बताए ।

gold
kumari bank
kumari
nawakantipur long