stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेकपा बैठक निष्कर्षविहीन, १६ गतेसम्म स्थगित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सीमाविवाद सम्बन्धि छलफल नसकी असार १६ गते सम्मका लागि स्थगित भएको छ ।

असार १४ गते मदन जयन्ती र १५ गते धान दिवस परेकाले बैठक १६ गतेसम्मका लागि स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बुधबारबाट सुरु भएको बैठकमा शुक्रबार र शनिबार दुई सीमाविवाद सम्बन्धि छलफल चलेको थियो । सीमा अतिक्रमण र गुमेको भूमि कसरी फिर्ता गर्ने भन्ने विषयमा स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राखेकाथिए । शनिबार २१ जनाले आफ्नो विचार राखेको प्रवक्ता श्रेष्ठले बताए ।

नेपालको गुमेको भूमिसहितको नक्सा प्रकाशन गरी त्यसलाई संविधानको अनुसूचीमा राख्न संशोधन मार्फत सार्वभौमिकता र भूमि रक्षाका लागि ऐतिहासिक पहल भएको नेताहरुले बताएका थिए ।

भूमिफिर्ताका लागि समेत संविधान संशोधनमा जस्तै राष्ट्रिय एकताका साथ अगाडी बढ्नुपर्ने धारणा स्थायी समिति सदस्यहरुले राखेका थिए । शनिबार देवेन्द्र पौडेल, सुरेन्द पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र रघुजी पन्तले आफ्नो धारणा राखेका थिए ।

यस्तै टोप बहादुर रायमाभी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, नन्दकुमार प्रसाई, प्रदीप ज्ञवाली मणी थापा, घनश्याम भूसाल, शक्ति बस्नेत, बामदेव गौतम, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङ, इश्वर पोखरेल, विष्णु पुकार श्रेष्ठ र पुष्प कडेलले पनि शनिबारको बैठकमा आफ्नो धारणा राखेका थिए ।

शुक्रबारको बैठकमा उनुपस्थित भएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली शनिबारको बैठकमा केही समय सहभागि भएका थिए । साढे ११ बजेबाट सुरु भएको बैठकमा ओलीकरिब आधा घण्टा बसेका थिए ।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य अवस्था अनुकुल नभएको जानकारी गराउँदै बैठकबाट बाहिरिनु भएको बताए ।

prabhu mahalaxmi
kumari bank
kumari