stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

आज राष्ट्रिय सभामा अध्यक्षको उम्मेदवारी दर्ता हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । ​राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। संघीय संसद् सचिवालयले फागुन २९ गते ९भोलि०का लागि निर्वाचनको तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार आज  बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म  उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।

साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। मङ्गलवार बिहान ११:९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका छ। राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले उम्मेदवार तय गरेका छन्।

माओवादीका तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल उम्मेदवार बन्ने छन्। यसैगरी प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका तर्फबाट युवराज शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको छ।

२०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए। सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन्।

माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा लगायतको सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने सहमति भएको थियो। उपाध्यक्षमा नेकपा एमालेको उम्मेदवार बन्ने सहमति छ।

काँग्रेसले युवराज शर्मालाई अघि सार्ने भएको छ। बाँकेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्।

उनी ०४५ सालमै पार्टीको बाँके सभापति भएर काम गरेका थिए। २०२८ सालमा देउवा नेविसंघको सभापति हुँदा शर्मा उपाध्यक्ष थिए।

prabhu mahalaxmi
kumari