stcnepal long ad
Himalayan bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । हिजो बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेको जानकारी दिनुभएको थियो ।

उहाँले सरकारले विश्वासको मत लिने विषयमा सहयात्री दलसँग छलफल गरेर आवश्यक निर्णय लिइने पनि बताउनुभएको थियो । कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएको हो ।

संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ । यसैबीच माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार आज टुङ्गो लगाउने भएको छ ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको कार्यतालिका सार्वजनिक भएपछि गठबन्धन दल र पार्टीमा छलफल गरेर उम्मेदवार टुङ्गो लगाउने निर्णय गरेको थियो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवारका विषयमा पार्टीको स्थायी समिति बैठकले निर्णय गर्ने जानकारी दिनुभएको थियो ।

संसदीय दलको हिजो बसेको बैठकले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा उपस्थित हुन राष्ट्रिय सभामा रहेका आफ्नो दलका सदस्यहरूलाई ह्वीप जारी गर्ने निर्णय पनि गरेको छ ।

himalayan life insurance
igi long