अख्तियारले निजी क्षेत्रमाथि कारवाही गर्न पाउने प्रावधान प्रस्ताव अगाडि बढाउनु हुँदैनःराप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्य क्षेत्रबारे तर्जुमा गरिएको नयाँ विधेयकमा अख्तियारले निजी क्षेत्रमाथि कारवाही गर्न पाउने प्रावधान प्रस्ताव अगाडि बढाउन नहुने बताएको छ ।
विहीबार प्रेस विज्ञप्ती जारी गर्दै राप्रपाका अध्यक्षत्रयले नयाँ विधेयकमा अख्तियारले निजी क्षेत्रमाथि कारवाही गर्न पाउने प्रावधान प्रस्ताव अगाडि बढाउन नहुने बताउनुभएको हो ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘यस्तो अवस्थामा देशको निजी क्षेत्रको मनोवल बढाई साथ लिएर संकटसँग जुध्ने सरकारी रणनीति हुनु पर्ने हो । तर यसको ठीक विपरित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र बारे तर्जुमा गरिएको नयाँ विधेयकमा अख्तियारले नीजि क्षेत्र माथि कारवाही गर्न पाउने प्रावधान प्रस्ताव गरिएको छ ।
देशको अर्थव्यवस्था माथि आएको यस संकटको घडिमा निजी क्षेत्रमाथि त्रासको वातावरण खडा गर्ने सरकारी प्रयास विवेकहीन र गलत छ । अतः यो प्रावधान अगाडि वढाउन नहुने राप्रपाको स्पष्ट धारणा छ ।’
त्यस्तै, जारी विज्ञप्तीमा देशमा मलको हाहाकार भएको र उत्पादन बृद्धि गर्ने मौकाबाट किसानहरु बञ्चित भएका जनाइएको छ । नेपाल सरकारले मल पु¥याउन नसकेको र यस्तो स्थितिमा अविलम्ब सुधार गर्न सरकारलाई आग्रह पनि गरिएको छ ।





























