citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने 

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेकपा एमालेको सातौं केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने भएको छ ।आजको बैठकमा समूहगत रुपमा भएका छलफलका सुझावहरु प्रस्तुत हुने छ ।

ती सुझावहरु समेटेर सचिवालयले आगामी वर्षका लागि पार्टीको शुद्धीकरण र सुदृढीकरणको कार्यक्रम तय गर्ने महासचिव शंकर पोखरेलले जानकारी दिए ।

मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा ४ वटा कार्ययोजनाहरु प्रस्तुत भएका थिए ।

पार्टीको शुद्धीकरण र सुदृढीकरणका सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौती सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको संगठनात्मक कामको समीक्षा सम्बन्धमा महासचिव शंकर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अवधारणासहितका कार्ययोजना प्रस्तुत गरेका थिए ।

ती कार्ययोजनाको छलफलमा भाग लिएका नेताहरुले पार्टी शुद्धीकरण अभियान नेतृत्व तहबाटै सुरु गर्नुपर्ने धारणा राखेका थिए ।

आगामी वर्ष २०८१ भर पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने तयारी गरेको एमालेले त्यसमा केन्द्रीय कमिटी सदस्यहरुको सुझाव लिन लागेको हो ।

himalayan life insurance
igi long