citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आजबाट एमाले केन्द्रीय कमिटी बैठक

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म बस्नेछ । बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।

यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरू तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए ।

himalayan life insurance
igi long