stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एमाले सचिवालयको बैठक आज बस्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ। बैठक आज दिउँसो ३ बजे बस्ने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

उनका अनुसार आज बस्ने बैठकले केन्द्रीय कमिटीको मिति तय गर्नेछ। केन्द्रीय कमिटीको बैठकको मिति तय गर्न बुधबार पार्टी महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालयको बैठकसमेत बसेको थियो।

केन्द्रीय कार्यालयले सचिवालय बैठकको प्रस्तावसमेत तय गर्छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार फागुनको दोस्रो साता केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने तयारी छ।

prabhu mahalaxmi
kumari