stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

असार १० मा नेकपा स्थायी समिति बैठक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बस्ने भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार भएको छलफलपछि असार १० गते स्थायी कमिटी बैठक बस्ने निर्णय गरिएको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायत अन्य विषयमा छलफल हुने उहाँले बताउनुभयो । पार्टीको विधान अनुसार प्रत्येक तीन÷तीन महिनामा स्थायी कमिटीको बैठक बस्नुपर्ने प्रावधान छ । गत पुस ६ गते सकिएको स्थायी कमिटीको बैठक वैशाख २५ गते बस्ने तय भए पनि गृहकार्य नपुगेको भन्दै अन्तिम समयमा स्थगित भएको थियो ।

prabhu mahalaxmi
kumari