sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

कांग्रेसले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रभावकारी काम नगरेको भन्दै कांग्रेसले आज सरकारको ध्यानाकर्षण गराउँदै छ । कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।

सात प्रदेशका मुख्यमन्त्री र विदेशस्थित दूतावासमा जनसम्पर्क समिति मार्फत ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ । काठमाडौंका भने बबरमहलमा भेला भएर दिउँसो एक बजे ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको काठमाडौं कांग्रेसले जानकारी दिएको छ ।

कांग्रेसले पीसीआर परीक्षण बढाउन, क्वारेन्टिनको सुधार गर्न र कोरोना नियन्त्रणमा गरिएको खर्च पारदर्शी गराउन माग गर्दै आएको छ । साथै विदेशमा अलपत्र परेका सबैको प्रक्रिया पुर्‍याएर उद्दार गर्नुपर्ने पनि कांग्रेसको माग छ ।

कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार जिल्ला जिल्लामा ज्ञापन पत्र बुझाउन लागिएको हो । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइसकेको छ ।

gold
nawakantipur long