macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

जलवायु परिवर्तनको असरबारे सरकारले विश्वसामु कुरा राख्नुपर्योः ओली

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले भोगिरहेको जलवायु परिवर्तनको असरबारे सरकारले औपचारिक रूपमा विश्वसामु राख्नुपर्ने बताएका छन् ।

एमालेको परराष्ट्र मामिला विभाग र वन तथा वातावरण विभागद्वारा जलवायु परिवर्तन न्याय कोप–२८ मा नेपालले लिनुपर्ने अडान विषयक संयुक्त रूपमा आज आयोजित विज्ञसँगको छलफल कार्यक्रममा उनले जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा पर्यावरणीय सङ्कट निम्तिन सक्ने बताउँदै नेपालले सङ्कट टार्न विश्व समुदायको ध्यान आकर्षण गर्न ढिला गर्न नहुने बताए ।

हिमाललाई तीव्र असर पु¥याउने काम विकसित देशले गरिरहेका छन् । त्यसबापत विकसित देशले केही रकम दिएर मात्र पुग्दैन । विकसित देशले हिमाललाई कसरी बचाउने भन्ने तर्फ ध्यान दिने बेला आएकोमा उनले जोड दिए ।

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टाराईले जलवायु परिवर्तनका असरको विषय कूटनैतिक हिसाबमा प्रभावकारी लविङ गर्ने बेला आएको बताए ।

himalayan life insurance
igi long
NTA long ad