stcnepal long ad
ime life insurance
national life
global ime bank long

भूकम्पपछि चुनौतीपूर्ण अवस्थामा टर्की

टर्की–सिरियामा २१ हजार बढीको मृत्यु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

दक्षिणी टर्की र उत्तरी सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पपछि शुक्रबार बिहानसम्ममा मृतक संख्या २१ हजारभन्दा बढी पुगेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

आश्रय, पानी, इन्धन र बिजुली अभावका कारण गम्भीर घाइते भएका समेत जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भूकम्पभन्दा अन्य प्रकोपका कारण सर्वसाधारणले अझ जटिल चुनौती सामना गर्नुपर्ने चुनौती थपिएको छ ।

दुवै देशका उद्धारकर्मी सक्रिय रहे पनि भग्नावशेषमुनि फसेका धेरैलाई जीवित उद्धार गर्ने आशा भने न्यून देखिएको छ । बेलायती परोपकारी संस्थाले प्रभावित मानिसका लागि कोष जुटाउन अपिल सुरु गरिसकेका छन् ।

यसैगरी, विपक्षीको नियन्त्रणमा रहेको उत्तरपश्चिम सिरियामा समेत संयुक्त राष्ट्र संघको सहायताको पहिलो चरणमा ६ लरी टर्कीबाट त्यस क्षेत्र प्रवेश गरेको छ ।

उद्धारकर्ताका अनुसार कम्तीमा १ हजार ९ सय जनाको मृत्यु भएको र धेरै मानिस ध्वस्त संरचनामा फसेको हुन सक्छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

IME Lifesidebar
kumari