citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

गठबन्धनमा सिट बाँडफाँट मिलेन

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सिट बाँडफाँट विषय झनै पेचिलो बनेको छ ।

निर्वाचन क्षेत्रअनुसार पहिले प्रतिनिधिसभातर्फको सिट बाँडफाँट तयारी गर्दै आएका गठबन्धन आबद्ध दलबीच बिहीबारको बैठक निर्णायक भनिएको थियो ।

तर, केही निर्वाचन क्षेत्रमा दुई पक्षीय तथा केहीमा त्रिपक्षीय दाबी भएपछि कार्यदलले अपुरो प्रतिवेदन नै शीर्ष नेतृत्वलाई दिएको हो ।

बिहीबार दिनभर सत्तारूढ गठबन्धनद्वारा गठित कार्यदल र शीर्षनेता सिट बाँडफाँट रस्साकस्सीमा जुटेका थिए । ११ सदस्यीय कार्यदलले शीर्ष तहमा अपुरो प्रतिवेदन बुझाएपछि समेत शीर्षतहबाट पनि सहमति प्रयास जारी थियो ।

‘सिट टुंगो नलगाई कार्यदलले शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाएको छ, अब बाँकी विषय शीर्ष तहबाटै समाधान होला,’ कार्यदलका एक सदस्यले राजधानीसँग भने ।

स्रोतका अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आबद्ध पाँच दलको बैठकमा सिट संख्या विषयमा सबैभन्दा बढी समस्या नेकपा एकीकृत समाजवादी र जसपालाई बुझाउन भएको छ ।

समाजवादी अध्यक्ष माधव नेपालले आफूहरूलाई थोरै सिट दिएर गठबन्धनका कांग्रेस र माओवादीले हेपेको भन्दै असन्तुष्टि पोख्न थालेका छन् । उनले गत मंगलबार एक कार्यक्रममासमेत सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका थिए ।

यसैगरी, जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै आएका छन् । बिहीबार मात्रै पनि उनले कम सिट पाउने अवस्था भए गठबन्धनमा बस्नुको औचित्य नहुने भन्दै वीरगन्जमा आयोजित एक सार्वजनिक कार्यक्रममा नै असन्तुष्टि पोखेका थिए ।

बिहीबारको बैठकपछि कार्यदल सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिवेदन पेस भएर शीर्षमा छलफल मात्रै भएको जानकारी दिएको आजको राजधानी दैनिकमा समाचार छ ।

himalayan life insurance
igi long