citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

‘नुनमा आवश्यकभन्दा बढी आयोडिन छैन’

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले नेपालमा बिक्री हुने आयोडिनयुक्त नुनमा आवश्यकताभन्दा बढी आयोडिन नभएको दाबी गरेको छ ।

विभागले नुनमा आयोडिनको मात्रा ठीक भए वा नभएको विषयमा विभिन्न ठाउँबाट नुनको नमुना लिएर परीक्षण गर्दा अहिलेसम्म त्यस्तो पुष्टि नभएको जनाएको छ ।

विभागले मङ्गलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत नेपालीले खाने आयोडिन युक्त नुनमा अधिक मात्रा आयोडिन प्रयोग भएको भन्ने विभिन्न अध्ययनहरूले दाबी गरेजस्तो प्रयोगशाला परीक्षणको रिपोर्टमा यस्तो समस्या नदेखिएको जानकारी गराएको छ ।

विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यले नेपालीले प्रयोग गर्ने आयोडिनयुक्त नुनको प्याकेटमा गरिएको परीक्षणमा बाहिर हल्ला भए जस्तो अधिक मात्रा नभएको जानकारी दिनुभयो ।

नेपालको हकमा नुनमा आयोडिनको अधिकतम् मात्रा कति भन्नेबारे नतोकिएका कारण अधिक आयोडिन ठीक र बेठिक भन्ने छुट्टै बहस भएको र यसका लागि स्वास्थ्य मन्त्रालयले स्तर निर्धारण गर्नुपर्ने उहाँको भनाइ छ ।

महानिर्देशक वैद्यका अनुसार आयोडिन सजिलैसँग उडेर जाने भएकाले प्याकिङ गर्दा, ढुवानी गर्दा, स्टोर गरेर खुद्रा व्यापारीसम्म पुग्दा ३० पीपीएम हुने अनुमान बमोजिम मापदण्ड निर्धारण गरिएको छ ।

घरको भान्सासम्म पुग्दा त्यो उडेर १५ पीपीएमसम्म पुग्ने अनुमान गरेर त्यहीअनुसार सरकारले मापदण्ड बनाइएको विभागले जनाएको छ ।

त्यसो त विश्व स्वास्थ्य सङ्गठन(डब्लूएचओ) ले आयोडिनयुक्त नुनमा आयोडिनको मात्रा १५ पीपीएम हुनुपर्ने मापदण्ड तोकेको छ । बढी हुनु र कम हुनु दुवै स्वास्थ्यका लागि हानिकारक भनिएको छ ।

विभागका अनुसार आयोडिन नुनको मापदण्डमा सोडियम क्लोराइडको मात्रा ९६ प्रतिशत, पानी नघुल्ने प्रदार्थ १ प्रतिशत, सोडियम क्लोराइडबाहेक पानीमा घुलनशील पदार्थ ३ प्रतिशत हुनुपर्ने उल्लेख छ ।आजको गोरखापत्र दैनिकबाट

himalayan life insurance
igi long