stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ठेचोको अचम्मको १२ वर्षे जात्रा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोमा नवदुर्गा भवानीको १२ वर्षे जात्रा सुरु भएको छ । मंगलबार घण्टाकर्ण चतुदर्शी गठेमंगलका दिन राति नवदुर्गा मन्दिर अगाडि विधिवत् रूपमा बलिसहित पूजाआजा गरेपछि यो जात्रा विधिवत् सुरु भएको हो ।

पूजा सुरु गर्ने क्रममा ३४ जना गुठीयारले स्नान गरी चोखो भएर सामूहिक बाजासहित भवानीको तान्त्रिक विधिबाट पूजा पनि गरेका छन् ।

नवदुर्गा मन्दिरको मूल ढोकामा तान्त्रिक विधिपूर्वक पूजा गर्ने क्रममा मन्दिरमा ताल्चा लगाएपछि जात्रा सुरु भएको मानिने नवदुर्गा भवानी गुठीका नाइके भक्तलाल मालीले बताए ।

जात्राको सुरुको दिनमा नवदुर्गा भवानीका ती गुठीयारहरूले राष्ट्रप्रमुखलाई सुपारी चढाउँछन् । यो मन्दिरमा १२ वर्षे जात्रामा एकपटक मात्रै ताल्चा लगाइन्छ । यसबाहेक अन्य वर्षमा भने सबै ३ सय ६५ दिनै मन्दिर भक्तजनका लागि खुला रहने गरेको गुठी नाइके माली बताउँछन् ।

१३ देवगणको नृत्य
जात्राका क्रममा विभिन्न १३ देवगणको नृत्य गर्ने चलन छ । नवदुर्गा नाचमा भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रह्मायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिंहिनी, बाघिनी, इन्द्रायणी र श्वेत भैरव रहेको नवदुर्गा भवानी नाच गुठी संरक्षण समितिका अध्यक्ष प्रशान्त मालीले बताए ।

उनका अनुसार गणेश बन्ने देवगणले तन्त्रसाधना गरिएको तिलक लगाइदिएपछि सबै देवगणमा देवता चढेको विश्वास गरिन्छ । देवगणको तान्त्रिक र यान्त्रिक तवरबाट छुट्टाछुट्टै नृत्य भए पनि इन्द्रायणी देवीको भने नृत्य पछिल्लो समय हुन छाडेको छ ।

‘नवदुर्गाको शक्तिका रूपमा पुजिने इन्द्रायणीको देवगण बनेर नृत्य गर्ने हरेक गुठीयारको मृत्यु हुन थालेपछि पछिल्लो समय यो देवीको भेषमा नृत्य गर्न सबै डराउँदा यो नृत्य लोप हुने अवस्थामा छ,’ उनले भने । ‘डरले त्यो नृत्य गर्ने आँट कसैले गरेका छैनन् ।’

यसक्रममा १२ वर्षमा एकपटक मात्रै श्वेतभैरवको नृत्य गराइने चलन छ । १२ वर्षे जात्रा अवधिमा २८ वटा पर्वपूजा गरिने चलन छ ।

पाटन दरबार क्षेत्र, सुनाकोठी, ठेचो, चापागाउँ, बुङमतीमा नृत्य प्रस्तुत गरिन्छ । जात्राभरि आँग सिं अर्थात् स्वः सि (चापको काठ) ल्याउने, नवदुर्गाको मूल डबलीमा छाप्रो बनाई देवता प्रतिस्थापन गर्ने, दे भ्वए (देश भोज) भनी ठेचो र सुनाकोठीवासीलाई भोज खुवाउने चलन छ ।

जात्राको इतिहास
पाटन दरबारको नाचको विशेष आकर्षण नाचका रूपमा रहने ठेचोको नवदुर्गा नाच हो । ठेचोमा नवदुर्गा देवी जसलाई ‘शिवद्यःचाः’ पनि भनिन्छ ।

उनै देवीको तत्कालीन नेपाल अर्थात् पाटन दरबारका लिच्छविकालीन राजा मानदेवका इष्टदेवता मनमानेश्वरी देवीसँग मितेरी साइनो भएको कथन छ ।

मनमानेश्वरी देवीलाई पनि भगवतीका रूपमा पुजिन्छ । त्यही देवीको आराधनाबाट लिच्छिवी राजाले किराती राजालाई हराएर शासन गरेको भनाइ छ ।

त्यसैले नवदुर्गा नाचको या १२ वर्षे जात्रा लिच्छविहरूले पाटनमा किरात वंशलाई पराजय गरेको इतिहाससँग पनि जोडिएको समिति अध्यक्ष माली बताउँछन् ।

भाषा वंशावलीमा उल्लेख भएअनुसार नवदुर्गा नाचलाई लिच्छवि राजा गुणकामदेवले ल्याएको खड्ग जात्राका रूपमा लिइन्छ ।

जात्राको मुख्य आर्कषण सुनाकोठीको कुल्पी यज्ञ रहेको छ । रातैभरि यज्ञ गरी नयाँ मुकुट, पोसाक, खड्गमा तन्त्र साधना गरी देउता प्रतिष्ठापन गरिन्छ । परम्पराअनुसार यो जात्राका क्रममा नरवली पनि दिने चलन रहेको भनाइ चल्दै आएको छ ।

के गर्न हुन्छ रु के गर्न हुँदैन ?
निषेध’दयगत बस्तीमा ‘नाय खिं’ बाजा बजाई मान्छेहरूलाई सूचित गराइने परम्परा रहेको नवदुर्गा भवानी नाच गुठी संरक्षण समितिका अध्यक्ष प्रशान्त मालीले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समयमा सूचना टाँसिने मात्र नभएर सामाजिक सञ्जालमै के गर्न हुने, के गर्न नहुने भन्ने विषयमा सूचना नै हाल्ने गरिएको छ,’ संरक्षण समितिका अध्यक्ष मालीले भने, ‘देउता गुप्तवासमा अर्थात् दुःखमा बस्ने भएकाले यो अवधिमा ठेचोमा खुसियाली मनाउन नहुने परम्परा छ ।’

उनका अनुसार विभिन्न शक्तिपिठबाट तन्त्र साधनामार्फत गोप्य पूजा गरी देवता र जल मन्दिरमा ल्याउनुपर्छ भन्ने मान्यता छ । त्यसैले यो कर्ममा बाधा नपुगोस् भनी परापूर्वकालदेखि नै राति हिँडडुल गर्न निषेध गरिएको हो ।

यो अवधिमा नवदुर्गा गुठीको बाजाबाहेक बस्तीमा अन्य बाजा, घण्ट, सिठ्ठी, ताली आदि बजाउन निषेध गरिएको छ ।

बिहे, भोजभतेर, व्रतबन्ध गर्न नपाइने नियम छ । नवदुर्गाको फागुन चैतमा हुने धुखः नाचपछि मात्रै निषेध फुकुवा हुनेछ । इो नियम पालना नगरे अनिष्ट हुने कथन छ ।

देवीलाई गुप्तवास राखेर मंगलबार मारिएको ताल्चा एक महिनापछि मात्र पञ्चदानका दिनमा खुला गरिने भएको मालीले जानकारी गराए । आजको राजधानी दैनिकबाट

prabhu mahalaxmi
kumari