prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जापानमा नेपाली श्रमिकका लागि रोजगारीको अवसर दिन जापानको निजी क्षेत्रले तालिम तथा सहजीकरणको काम सुरु गरेका छन् । ३ वर्षअघि जापान र नेपालबीच भएको स्पेसिफाइड स्किल वर्कर (एसएसडब्लू) अन्तर्गत भएको सहयोग समझदारीलाई कार्यान्वयन गर्न नेपालमा कार्यालय स्थापना गरेर सीप तालिम कार्यक्रम सुरु गरिएको हो।

जापानको अध्यागमन विभागमा दर्ता भई टोकियोमा कार्यालय रहेको ह्युमन आइ कम्पनीले एसएसडब्लूअन्तर्गत रोजगारीका लागि जापान जाने केयरगिभरको तालिम र परीक्षाको तयारी गरिहेको छ। २ देशबीच भएको समझदारीअनुसार कार्यविधि बनाउन नेपाल पक्षबाट ढिलाइ भए पनि टोकियोमा कार्यालय रहेको ट्युमन आइ कम्पनीले नेपाली श्रमिक लैजान सहजीकरण गर्न थालेको हो।

जापानी लगानीमा र वर्षअघि नेपालमा स्थापना भएको स्किल एजुकेसन एन्ड वर्क एकेडेमी ९सेवा नेपाल० ले जापानका रोजगारदाताको आवश्यकता अनुसारको सीप तथा भाषा कार्यक्रम सञ्चालन गरेर नेपाली केयरगिभर लैजान सहजीकरण गर्ने जनाएको छ। यो खबर आजको कारोबार दैनिकमा छ ।

२९ वैशाख २०७९, बिहीवार ०७:१६ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads