stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राजा रणबहादुर शाहले कस्तो हुक्का तान्थे रु पशुपति क्षेत्रको पश्चिम ढोका सामुन्ने रहेको पशुपतिनाथ महास्नान घरमा राजा रणबहादुरको हुक्का ज्यूँका त्यूँ छ । यो हुक्कालाई पशुपतिनाथ सङ्ग्रहालयमार्फत पशुपति क्षेत्र विकास कोषले प्रदर्शनीमा राख्ने योजना बनाएको छ । त्यसका लागि कोषले पशुपति क्षेत्रको महास्नान घरमा नै सङ्ग्रहालय स्थापना गर्ने भएको छ ।

त्यसका लागि कोषले ठ्याक्कै मिति भने तय गरिसकेको छैन तर पनि आगामी शिवरात्रिको आसपासमा प्रदर्शनी गराइने पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी रेवतीरमण अधिकारीले बताउनुभयो । शिवरात्रि आगामी फागुन १५ गते परेको छ ।

इतिहासविद् डा. गोविन्द टण्डनका अनुसार महास्नानघर आफैँमा ऐतिहासिक महìवको घर हो । नेपाल इन्भेस्टमेन्ट बैङ्कले करिब पाँच करोड रुपियाँको हाराहारीमा महास्नानघरलाई जीर्णोद्धार गरेपछि सङ्ग्रहालय बनाइने भएको हो ।

रणबहादुर शाहको पाला ९वि।सं। १८३४–१८५५० मा महाशिवरात्रिमा पशुपति दर्शनका लागि आएकी तिरहुतिया विधवालाई मन पराएर रानी बनाएका राजा रणबहादुरले रानी बिरामी पर्दा रोग निदानको कामना गर्दै यही घरबाट प्रत्येक पूर्णिमाका दिन ८४ व्यञ्जन सहित पशुपतिनाथ महास्नान चलाएका हुन् ।

सङ्ग्रहालयमा पृथ्वीनारायण शाहका पालाका सुब्बा कुलानन्द झा, लिच्छवि राजारानीका केही सालिक, मल्लकालका राजारानीका सालिक, कलात्मक पानस दियो र पशुपतिनाथ मन्दिरमा ठूलो बसाहा राख्नुअघिको बसाहालगायतका कलात्मक सामग्री हुनेछन् ।

कोषका सूचना अधिकारी रेवतीरमण अधिकारीका अनुसार चाँगुनारायणमा रहेको भन्दा पुराना शिलापत्र र अभिलेख पनि सङ्ग्रहालयमा राखिने छन् । पशुपतिनाथमा चाँदीको ढोका राख्ने शक्तिवल्लभ र राधावल्लभ अज्र्यालको सालिक पनि सङ्ग्रहालयमा राखिनेछ ।

सूचना अधिकृत अधिकारीका अनुसार इतिहासमा प्रथम अभिलेख मानिएको वि.सं. ५२६ को चाँगुनारायणको अभिलेखभन्दा अघि वि।सं। ५२१ को राजा मानदेवको अभिलेख यहाँ राखिएको छ ।

मानदेव, अंशुवर्मा र उनका रानी परिवारका मूर्ति पनि राखिनेछन् । चाँगुनारायणभन्दा अघिको अभिलेख भने पशुपतिनाथलाई भोग पकाउने सदावर्त भवनमा पाइएका हुन् । पशुपति क्षेत्रमा गुरुयोजना लागू हुँदा भएका भौतिक सुधारका कार्यमा पाइएका सबै पुरातात्विक सामग्री छन् तर सङ्ग्रहालयमा यीमध्ये लिच्छवि, मल्ल र शाहीकालका सामग्री रहेको अधिकारीले बताउनुभयो ।

पशुपतिनाथ महास्नानघरलाई स्वयं राजा रणबहादुर शाहले उपयोग गरेको बताइन्छ । महास्नान पर्वका नाइके पूर्ण डङ्गोल रणबहादुरको हुक्कामा दिनहुँ तमाखु भरेर राखिने गरेको संस्मरण गर्दै भन्नुहुन्छ, “राजा रणबहादुरका बन्दुक पनि थिए, पूजाकोठा पनि थियो, हुक्का भरेर राखिन्थ्यो, ओछ्यान मिलाइन्थ्यो र लिपपोत गरेर स्वच्छ पारिन्थ्यो, त्यो अहिले छैन ।

” तर पनि कतिपय पुरातात्त्विक सामग्रीले सङ्ग्रहालय तयार भएको डङ्गोल बताउनुहुन्छ । पशुपतिनाथका बिसेट अरुण श्रेष्ठले यहाँ राखिएका सामग्रीले सङ्ग्रहालयलाई निकै महìव राख्ने बताउनुभयो । सङ्ग्रहालय फागुनको मध्यमा सर्वसाधारणको अवलोकनका लागि खुला गर्ने योजना रहेको सूचना अधिकृत अधिकारी बताउनुहुन्छ । आजको गोरखापत्र दैनिकबाट

prabhu mahalaxmi
kumari