citizens life insurance long ad
stcnepal long ad

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनको सङ्ख्या बढे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्न थालेको छ । कोरोना महमारी मत्थर हुँदै गएपछि मुख्य गन्तव्य देशबाट श्रमिकको माग आउन थालेसँगै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनको सङ्ख्या बढेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा ९७ देशमा जानका लागि दुई लाख २३ हजार ५८३ जनाले श्रम स्वीकृति लिएका छन् ।

साउनदेखि मङ्सिरसम्मको उक्त तथ्याङ्क हेर्दा श्रम स्वीकृति लिनेको सङ्ख्या साउनदेखि क्रमशः बढ्दै गएको छ ।

विभागका अनुसार आव २०७८र७९ को यो पाँच महिनामा सबैभन्दा धेरै मङ्सिर महिनामा ७४ हजार ३५४ जना र कात्तिक महिनामा ५४ हजार ११८ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यसैगरी असोजमा ३९ हजार ६७१, भदौमा ३६ हजार ४० र साउनमा २५ हजार ४२८ जनाले श्रम स्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ ।

बिदामा आएर पुनः श्रमस्वीकृति लिनेको सङ्ख्या निकै ठूलो भएकाले रोजगारीका लागि विदेश जानेको सङ्ख्या धेरै देखिएको वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले बताउनुभयो । विभागका अनुसार मङ्सिर महिनामा वैदेशिक रोजगारी व्यवसायी म्यानपावर कम्पनी मार्फत ३१ हजार जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

कात्तिकमा २७ हजार ७०९ जना श्रमिकले वैदेशिक रोजगारीमा जानका लागि अन्तिम श्रम स्वीकृति लिएकामा मङ्सिर महिनामा त्यो सङ्ख्या बढेको हो ।

असोजमा म्यानपावर कम्पनीमार्फत २६ हजार ९१ जना श्रमिकले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए ।

मङ्सिर महिनामा व्यक्तिगत प्रयासमा नयाँ दुुई हजार २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । सो अवधिमा वैधानिक माध्यमबाट एक हजार ४०४ जना, पुनः श्रम स्वीकृतिका माध्यमबाट ३९ हजार ८७७ जना गरी समग्रमा मङ्सिर महिनामा ६९ हजार ४४३ जना वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

विभागका अनुसार गत मङ्सिर महिनामा ६५४ वैदेशिक रोजगार व्यवसायी ९म्यानपावर० कम्पनीमध्ये ६१४ कम्पनीले श्रमिक पठाएका छन् । मङ्सिर महिनामा विश्वका ९२ मुलुकमा नेपाली श्रमिक गएकोमा म्यानपावर कम्पनीका तर्फबाट जम्मा १२ मुलुकमा श्रमिक गएका छन् ।

मलेसिया जाने कम, साउदीमा धेरै
विभागका अनुसार मङ्सिर महिनामा मलेसियाका लागि संस्थागत श्रम स्वीकृति लिनेको सङ्ख्या शून्य रहेको छ । सो अवधिमा मलेसियाका लागि व्यक्तिगत रूपमा एक जनाले श्रम स्वीकृति लिए पनि संस्थागत रूपमा कसैले पनि श्रम स्वीकृति लिएका छैन ।

सबैभन्दा बढी साउदी अरबमा १६ हजार २३८ जनाको श्रम स्वीकृति लिने भने कतार जान छ हजार ६७९ जनाले श्रम स्वीकृति लिएका छन् । यूएई जान मङ्सिरमा पाँच हजार ५८१ जनाले श्रम स्वीकृति लिएका छन् । रोमानियाका लागि ३०० जनाको श्रम स्वीकृति भएको छ ।

ओमनका लागि ३४१ जना, कुवेतमा ६२१ जना, माल्दिभ्समा तीन जना, जोर्डनमा ४० जना, साइप्रसमा २९१ जना, बहराइनमा ९२६ जना, बेलायतका लागि तीन जनाले संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएका छन् ।

ठगीका घटना पनि बढे
कोरोना सङ्क्रमणका कारण वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेसँगै वैदेशिक रोजगारीका नाममा हुने ठगी पनि बढेका छन् । विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो पाँच महिना २३९ वटा ठगीका उजुरी दर्ता भएका छन् । जब कि गत आर्थिक वर्षको सो अवधिमा १०८ वटा ठगी भएका उजुरी दर्ता भएका थिए ।

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १३ करोड ७० लाख ९६ हजार ४६० रुपियाँ बराबरको ठगी भएको दाबीसहितको उजुरी आएका छन् ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनासम्म ११ करोड ९९ लाख २१ हजार ५२९ रुपियाँ दाबीसहितको उजुरी दिएकामा चालू आर्थिक वर्षको सो अवधिमा बढेको छ ।

विभागका अनुसार चालू आर्थिक वर्ष र गत वर्ष पाँच महिनामा भएको ठगी दाबीको रकम तुलना गर्दा चालू आर्थिक वर्षको सो अवधिमा एक करोड ७१ लाख ७६ हजार ९२० रुपियाँ बढी रहेको छ ।

विभागका अनुसार सो अवधिमा ४५ वटा विरुद्ध एक करोड रुपियाँ बिगो दाबीसहित अदातलमा मुद्दा दायर गरेको जनाएको छ । गत वर्षको यो अवधिमा २०९ उजुरीमा साढे १५ करोड रुपियाँ दाबी गरिएको थियो भने १२२ उजुरी अदालतमा मुद्दा दायर गरिएको थियो । आजको गोरखापत्र दैनिकबाट

IME Life
kumari