citizens life insurance long ad
stcnepal long ad

लामो समयसम्म कम्प्युटरमा बस्दा देखिन सक्छ यस्ता गम्भीर समस्या

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कम्प्युटरमा बसेर काम गर्दा कतै तपाईंको बसाइ स्थिति एवं बस्ने आसन त मिलेको छ रु यदि मिलेको छैन भने ढाड, गर्धन अथवा हात दुख्ने समस्या आउन सक्ने चिकित्सकको भनाइ छ ।
अनियमित दिनचर्या तथा ढाडको हेरचाहको कमीले यस्तो समस्या आउँछ । पछिल्लो समय धेरै नेपालीमा ढाड, हात, गर्धन दुख्ने समस्या बढ्दै गएको नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका फिजियोथेरापिस्ट डा। विजयकुमार झाले जानकारी दिनुभयो । दैनिक यस्तो समस्या लिएर २५ देखि ३० जना बिरामी अस्पतालमा आउने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कसैकसैलाई हिँड्न, डुल्न तथा उठ्न, बस्न समेत गाह्रो हुन्छ । कोहीलाई एउटै अवस्थामा लामो समय काम गर्दा पनि ढाड दुख्ने समस्या आउन सक्छ । लामो समयसम्म कार्यालयमा कम्प्युटर अगाडि बसेर गर्ने काम, लामो समय उभिएर गर्नुपर्ने कामहरू, गह्रुँगो सामान उचाल्नुपर्ने काम गर्दा यस्तो समस्या आउन सक्छ ।”

डा. झाका अनुसार समस्या बढ्दै गएमा, औँलाहरूमा कमजोरी देखा पर्ने, हात–खुट्टा सुक्दै जाने र प्यारालाइसिस पनि हुनसक्छ । उहाँ समस्या गम्भीर भए मल–मूत्र बिसर्जनमै समस्या ९क्वाडा इक्वाइना सिन्ड्रम० देखा परेमा तुरुन्त आपत्कालीन व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुहुन्छ ।

यस्ता रोगीमध्ये ९० प्रतिशतको उपचार प्राकृतिक तरिकाले गर्न सकिन्छ भने १० प्रतिशत रोगलाई शल्यक्रिया गर्नुपर्ने अवस्था आउने डा। झाले बताउनुभयो ।
यस प्रकारको रोग लाग्न नदिन नियमित रूपमा व्यायाम गर्ने, अङ्ग, मेरुदण्ड, शिथिलिकरण, मर्निङ वाक जस्ता व्यायामले शरीरका हाड तथा जोर्नीलाई बलियो बनाउन साथै ढाडलाई तन्दुरुस्त राख्न मद्दत पु¥याउँछ ।

लामो समयसम्म कुर्सी तथा टुलमा झुकेर बस्नु हुँदैन डा। झाले भन्नुभयो, “बस्नु परेपछि कुसनको सहायतामा ढाड बिसाउने । कम्प्युटरको काममा एकरदुई घण्टा बसिसकेपछि ५ देखि १० मिनेटको आराम लिने अथवा एकछिन हिँड्डुल गर्नुपर्छ ।

उपरखुट्टी लगाएर वा शरीरको एक भागलाई मात्र दबाब दिएर बस्ने बानी बसाल्नु हुँदैन । सुत्दा सीधा सुत्नुपर्छ घोप्टो वा कोल्टेभन्दा उत्तानो सुत्नु नै ढाडका लागि राम्रो हो । यदि नसा च्यापिएको छ भने खुट्टा खुम्च्याएर सजिलो हुने गरी गोडामुनि तकिया राखेर सुत्नुपर्ने पनि उहाँको सुझाव छ । आजको गोरखापत्र दैनिकबाट

IME Life
kumari