Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

मन्त्रिपरिषदमा एक करोड २० लाख डोज खोप किन्ने प्रस्ताव

civilbank long ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ । ६० लाख (२० प्रतिशत) नागरिकलाई पुग्ने कोरोना विरुद्धको खोप खरिदको अन्तिम निर्णय गर्न स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद् प्रस्ताव पठाएको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयले खोप खरिदको निर्णय गर्दै त्यससम्बन्धी फाइल मन्त्रिपरिषद् लगेको स्रोतले जनाएको छ । मन्त्रालयको फाइल सिलबन्दी गरी १० स्थानमा लाहा छाप लगाएर स्वास्थ्य सचिव लक्ष्मण अर्याल र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले मन्त्रिपरिषद् लगेका हुन् ।

शुक्रबार स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, मुख्यसचिव लगायत उच्च अधिकारीहरूले चिनियाँ अधिकारीहरूसँग खोप खरिद बारे छलफल गरेका थिए । चीनले नेपाललाई आवश्यक परेको खोप दिने भन्दै त्यसका लागि प्रक्रिया अगाडि बढाउने आश्वासन दिएपछि आइतबार दिनभर स्वास्थ्य अधिकारीहरू आन्तरिक छलफलमा जुटेका थिए ।

आइतबार साँझ स्वास्थ्य सेवा विभागमा उच्च अधिकारीहरूबीच भएको छलफलमा तत्काल २० प्रतिशत नागरिकलाई खोप आवश्यक पर्ने निष्कर्ष निकालिएको थियो ।

सरकारले चिनियाँ भेरोसेल खोप खरिद गर्ने तयारी गरेको छ । अन्य देशमा उत्पादन भएको जोनसन एन्ड जोनसन, स्पुतनिक फाइभ, कोभिसिल्ड खोप उपलब्ध भएमा किन्ने सरकारको तयारी छ । चीनले हालै १० लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । त्यसभन्दा अगाडि आठ लाख डोज खोप दिएको थियो । आजको नयाँ पत्रिका दैनिकबाट


१ असार २०७८, मंगलवार ०६:३४ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad