citizens life insurance long ad
stcnepal long ad

चार विमानस्थललाई आपतकालीन उडान अनुमति

Nimb long ad
Prabhu Insurance Long Ad

चार वटा आन्तरिक विमानस्थलले निशेषाज्ञाको अवधिमा पनि उडान अनुमति पाएका छन् । हवाई सेवाको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले आपतकालिन उद्धार र खाद्यान्न ढुवानीको लागि चार विमानस्थलले उडान अनुमति दिने निर्णय गरेको हो ।
प्राधिकरणको यो निर्णयसँगै उडान अनुमतिका लागि अनुमति प्राप्त गरेका वायुयानले पोखरा विमानस्थल, नेपालगन्ज विमानस्थल, लुक्ला र सुर्खेत विमानस्थलबाट उडान अनुमति प्राप्त गर्न सक्ने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भने आन्तरिकमा वैशाख २० गते सोमबार राति १२ बजेदेखि र अन्तर्राष्ट्रियतर्फ भारत बाहेकका देशबाट हुने उडानमा बिहीबार राति १२ बजेदेखि व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरेको थियो ।

आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी मन्त्रालयले उडान अनुमति जारी गर्ने निर्णय गरेको थियो । योसँगै प्राधिकरणले चार्टर, आपतकालिन उद्धार उडानका लागि चार विमानस्थलबाट उडान अनुमति प्रदान गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

यसैगरी हिमाल आरोही तथा पर्यटकको आपतकालीन उद्धार र खाद्यान्न ढुवानीको लागि हुने उडानलाई यस्तो अनुमति सम्बन्धित विमानस्थल कार्यालयले नै उडान अनुमति जारी गर्ने सक्ने अधिकार रहेको प्राधिकरणले जनाएको छ ।

उपत्यकाबाट हुने आन्तरिक तथा बाह्य उडानको लागि भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान अनुमति जारी गर्ने छ ।
यता भारतसँग भने सातामा २ वटा हवाई उडान भर्ने गरी नेपाल–भारतबीच भएको एयर बबल मोडेलमा उडान हुनेछ ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी पर्यटन मन्त्रालयले सूचीकृत गरेको होटलमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्ने गरी हप्ताको दुईवटा उडान गर्न पाउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार जारी गरेको निर्णयमा भनिएको छ । आजको कारोबार दैनिकबाट

IME Life
kumari