stcnepal long ad
global ime bank long

अनावश्यक भण्डारणले सिलिन्डर अभाव

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सर्वसाधारणले आवश्यकता नै नभई घरमा सिलिन्डर भण्डारण गर्दा बजारमा अक्सिजन अभाव भएको छ ।

नेपाल अक्सिजन ग्यास उत्पादक संघले हाल नेपालको मागलँई धान्न सक्ने अवस्था भएपनि कोभिड १९ को दोस्रो संक्रमण बढेसँगै सर्वसाधरणले घरमा भइपरी आवश्यकता मानेर भण्डारण गर्दा बजारमा अक्सिजन सिलिन्डर अभाव भएको जनाएको छ ।

अक्सिजन उद्योगले तत्कालको माग धान्न सक्ने अवस्था भए पनि अक्सिजन अभावका कारण बजारमा समस्या देखिएको संघका अध्यक्ष गौरव सारडाले बताए ।

”नेपालभर हाल करिब दुई दर्जन उद्योग रहेकोमा उपत्यकामा मात्र ८ उद्योग सञ्चालनमा छन्,” उनले भने तत्कालको माग धान्न सक्ने अक्सिजन छ, तर सिलिन्डर छैन । ”

उनका अनुसार करिब दुई लाखको हाराहारीमा देशभर अक्सिजन सिलिनडर छन् यसमध्ये करिब १ लाख भन्दा बढी सिलिन्डर प्रयोगमा भएपनि अन्य घरघरमा भण्डारण हुँदा बजारमा अभाव देखिएको अध्यक्ष सारडाको भनाइ छ । आजको कारोबार दैनिकबाट

IME Lifesidebar
kumari