stcnepal long ad
global ime bank long

जोगवनी–किमाथाङ्का सडक, कठिन क्षेत्रमा काम सुरु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

विराटनगर । पूर्वी नेपालको उत्तर–दक्षिण ‘लाइफलाइन’ जोगवनी–किमाथाङ्का सडकको सबभन्दा कठिन क्षेत्र सङ्खुवासभाको चेन्ताङदेखि घङ्गोप्पासम्मको १४ किलोमिटर क्षेत्रमा पनि ट्र्याक खोल्ने काम सुरु भएको छ । राजमार्गको यो भाग भौगोलिक रूपमा अति कठिन क्षेत्र हो ।

चालू आर्थिक वर्षमा पाँच सय मिटर ट्र्याक खोलिने र पूरै ट्र्याक खुलाउन अढाई वर्षजति लाग्ने अनुमान गरिएको छ । यो क्षेत्रमा फागुन १४ गतेदेखि नेपाली सेनाको टोलीले ट्र्याक खोल्न थालेको उत्तर–दक्षिण कोसी सडक आयोजना खाँदबारी डिभिजन कार्यालयका प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस सडक खण्डको चेन्ताङदेखि घङ्गोप्पासम्मको १४ किलोमिटर क्षेत्रमा कडा चट्टानी पहाड रहेकाले झन्डै तीन वर्षदेखि काम रोकिएको थियो । कडा चट्टानमा ट्र्याक खोल्न विस्फोटक पदार्थ आवश्यक पर्ने भएपछि मन्त्रिपरिषद्को बैठकले २०७६ भदौ २२ गते नेपाली सेनालाई सो काम सुम्पिएको थियो । सोही निर्णयअनुसार नेपाली सेनाले आवश्यक विस्फोटक पदार्थ भण्डारण गरेर काम सुरु गरेको हो ।

प्रदेश १ अन्तर्गत मोरङको भारतीय सीमा जोगवनीदेखि सङ्खुवासभाको किमाथाङ्का ९चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा० जोड्ने यो करिडोरलाई दुई छिमेकी मुलुक जोड्ने सबभन्दा छोटो मार्गका रूपमा लिएको छ । यसले चीनसँगको व्यापारलाई सस्तो र छिटो बनाउनुका साथै चीन र भारतबीच पनि व्यापार सहज बनाउने छ ।

यातायात सञ्चालन
कोसी करिडोरको जोगबनीदेखि किमाथाङ्कासम्मको कुल ३९३ किलोमिटर सडकमध्ये जोगवनीदेखि खाँदबारीसम्मको २३१ किलोमिटर सडक खण्ड कालोपत्रे भइसकेको छ । खाँदबारीदेखि वरुणसम्मको ८० किलोमिटर खण्डमा हिउँदमा यातायात सञ्चालन हुँदै आएको छ ।

खाँदबारीदेखि अन्तिम बिन्दु किमाथाङ्कासम्मको १६२ किलोमिटर सडक खण्डमध्ये खाँदबारी–चेन्ताङको १३४ किलोमिटर र घङ्गोप्पादेखि किमाथाङ्कासम्मको १४ किलोमिटर क्षेत्रमा पनि ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको उत्तर दक्षिण कोसी सडक आयोजना डिभिजन कार्यालय खाँदबारीका प्रमुख श्रेष्ठले बताउनुभयो ।

अब चेन्ताङदेखि घङ्गोप्पासम्मको १४ किलोमिटर मात्रै ट्र्याक खुल्न बाँकी छ । ट्र्याक खुलेको क्षेत्रमध्ये खाँदबारीदेखि फाक्सिन्दो दोभानसम्मको ५० किलोमिटर क्षेत्रमा चार वर्षअघि नै ग्राभेल गर्ने काम सकिएको थियो तर केही स्थानमा सडक भत्किएको छ । यसरी भत्किएको सडक खण्डको मर्मत गर्ने काम पनि अहिले भइरहेको छ ।

खाँदबारी–फाक्सिन्दो दोभान खण्डको ग्राभेल सडकमध्ये खाँदबारीदेखि नुमसम्मको ३९ किलोमिटर सडक खण्डमा कालोपत्रे गर्नलाई बोलपत्र आह्वान गरी मूल्याङ्कनको काम सकिएकाले सम्झौताको चरणमा रहेको छ ।

मर्मत/सुधार जारी
कोसी करिडोरको विराटनगरको रानीदेखि सङ्खुवासभा सदरमुकाम खाँदबारीसम्म पहिल्यै कालोपत्रे भएको सडक हो । यो खण्डमा विभिन्न स्थानमा बिग्रिएका कारण मर्मत र सुधार गर्ने काम भइरहेको उत्तर–दक्षिण सडक आयोजना धनकुटा डिभिजन कार्यालय प्रमुख दानकुमार शाक्य बताउनुभयो ।

धनकुटाको गुठीटारमा दुई सय मिटर सडक खण्ड दबिएको छ । उक्त क्षेत्रमा सडक दबिने कार्य बढ्दो क्रममा रहेकाले त्यसको विकल्प खोज्नुपर्ने देखिएको प्रमुख शाक्यले बताउनुभयो ।
“अहिले अस्थायी रूपमा माथिल्लो भागबाट सडक बनाइए पनि यसको विकल्प खोज्नुपर्ने अवस्था छ, त्यसका लागि तमोर नदीको याकचना घाटमा पुल निर्माण गर्नुपर्छ वा गुुठीटारबाट निस्कने बाटो प्रयोग गर्नुपर्ने हुन्छ,” प्रमुख शाक्यले भन्नुभयो । धरान–धनकुटा खण्डकै लेउती खोलाको किनारको सडकमा खोलाले क्षति पु¥याएकाले सडक संरक्षणको काम भइरहेको छ भने हिले बजारमा झन्डै आठ सय मिटर क्षेत्रमा सडक चौडा पर्ने काम भइरहेको शाक्यले बताउनुभयो ।

यसैगरी मूलघाटदेखि धनकुटा सम्मको १७ किलोमिटर सडक खण्ड केही भत्किएकाले त्यसलाई ‘सर्फेस ट्रेसिङ’ ९अलकत्रा छरेर गिटी हाल्ने०को काम भइरहेको छ ।

जोगवनी–धरान छ लेन बन्दै  उत्तर–दक्षिण कोसी राजमार्गको जोगवनी–धरानसम्मको ४९ किलोमिटर खण्ड छ लेन बनाउने काम भइरहेको छ । जोगवनीदेखि ३० किलोमिटरसम्म कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ भने बाँकी १२ किलोमिटरमध्ये तरहरादेखि धरानसम्मको १० किलोमिटर जङ्गल क्षेत्रमा गत असारमै ठेक्का लागेर सडक निर्माणको काम धमाधम भइरहेको छ ।
निर्माण कम्पनीसँगको सम्झौताअनुसार उक्त १० किलोमिटर क्षेत्रमा तीन वर्षभित्र छ लेनमा सडक वि स्तारको काम पूरा हुनेछ । ठेक्का लागेर पनि इटहरीस्थित नेपाली सेनाको पृतनापतिको कार्यालयदेखि दक्षिणका दुई किलोमिटर क्षेत्रमा स्थानीयको अवरोधका कारण काम अगाडि बढ्न नसकेको छ लेन सडक आयोजना कार्यालय इटहरीका प्रमुख शर्माले बताउनुभयो ।

“उक्त सडक आयोजनाको तरहरादेखि दुहबीसम्मको सडक खण्डमा स्थानीयवासीका नाममा आयोजनाविरुद्ध २० वटा मुद्दा सर्वोच्च अदालतमा परेको र ती मुद्दाको किनारा नलागेसम्म आयोजनाले बल प्रयोग गरेर सडक क्षेत्रका घरटहरा हटाउन नसक्ने भएकाले काम रोकिएको हो,” आयोजना प्रमुख शर्माले भन्नुभयो । धरान बजार क्षेत्रको पाँच किलोमिटर र दुहबी बजार क्षेत्रको दुई किलोमिटरबाहेक ४२ किलोमिटर क्षेत्रमा ठेक्का लागेर काम अगाडि बढेको लेन सडक आयोजना कार्यालय इटहरीका प्रमुख बद्रीप्रसाद शर्माले बताउनुभयो ।
नौ पुल निर्माणाधीन कोसी करिडोरको अरुण नदीदेखि गोलासम्म निर्माण गरिने १० वटा पुलमध्ये नौवटा निर्माणाधीन छन् । त्यसमध्ये थाक्रे, नाङ, साङ र ओहाङ खोलामा निर्माणाधीन चारवटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको सडक आयोजना कार्यालय खाँदबारी डिभिजन कार्यालयले जनाएको छ । वरुण खोलाको पुलको डिजाइन स्वीकृति भएर टेन्डर प्रक्रियामा गएको छ ।

राष्ट्रिय गौरवको आयोजना
आर्थिक वर्ष २०६५/६६ देखि सुरु भएको यो आयोजना २०८०र८१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सुरुमा पाँच अर्ब ७९ करोड रुपियाँ लागत अनुमान गरिएको भए पनि अहिले १६ अर्ब २० करोड रुपियाँ लाग्ने संशोधित अनुमान गरिएको छ ।

सङ्घीय सरकारले प्राथमिकतामा राखेज स्तै प्रदेश १ सरकारले पनि प्रदेशको प्राथमिकताको आयोजनामा राखेर काम गरिरहेको प्रदेश १ प्रदेश सभा सद स्य सरिता थापाले बताउनुभयो । गत पुस महिनादेखि बजेट निकासा नहुँदा सडक निर्माणको काम सु स्ताएको छ । दुहबीदेखि तरहरासम्मको खण्डमा सडक किनारमा रहेका खानेपानीको पाइप सम्बन्धित निकायले नहटउँदा पनि सडक वि स्तारमा ढिलाइ भएको शर्माले बताउनुभयो ।

छोटो र सस्तो मार्ग
यो सडक आयोजना पूरा हुनासाथ नेपाल–चीन व्यापारका लागि अहिलेको चालू नाका तातोपानी र रसुवा नाकाभन्दा धेरै सहज हुने उद्योगी व्यवसायी बताउँछन् । “किमाथाङ्का नाका खुलेपछि चीनसँगको व्यापार लागत कम हुनेछ ।

त्यस बाहेक चीन–भारत व्यापारका लागि पनि यो मार्ग छोटो हुने भएकाले दुवै देशका व्यवसायीले यही मार्ग भएर व्यापार गर्दा नेपालको राज स्वमा वृद्धि गर्न सहयोग पुग्नेछ,” नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहोराले भन्नुभयो ।
कोसी करिडोर निर्माण भएपछि यसबाट नेपालले मात्र नभएर चीन र भारतज स्ता दुई ठूला छिमेकी मुलुकले समेत फाइदा लिनसक्ने उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले बताउनुभयो । आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
kumari