stcnepal long ad
global ime bank long

काठमाडौंको सयौं रोपनी सार्वजनिक जग्गा माफियाको कब्जामा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले काठमाडौंका महत्वपूर्ण स्थानका सरकारीरसार्वजनिक जग्गा भूमाफियाले भोगचलन गरेको फेला पारेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तयार पारेको प्रतिवेदन अनुसार भूमाफियाहरूले मिलेमतोमा अनामनगर, बानेश्वर, भीमसेनगोला, चाबहिल, बल्खु, बालुवाटार, धापासी लगायत दर्जनौं स्थानमा सयौं रोपनी सरकारी जग्गा हडपेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले हालै सरकारीरसार्वजनिक जग्गाको अवस्थाबारे अनुसन्धान गरेको थियो। त्यसक्रममा सयौं रोपनी सरकारीरसार्वजनिक जग्गामा भूमाफियाले भोगचलन र दर्तासमेत गरेको फेला परेको हो।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टले भूमाफियाहरूले सरकारी जग्गा हडपेको अनुसन्धानबाट देखिएको बताए। उनले सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने कामलाई जिल्ला प्रशासन कार्यालयले तदारुकताका साथ अगाडि बढाउने बताए। प्रतिवेदनले समेटेका जग्गामा बनाइएका संरचना स्थानीय तहसँगको समन्वयमा हटाइने उनले बताए।

‘केही अतिक्रमित संरचना हटाउन सम्बन्धित स्थानीय तहलाई पत्राचार गरिसकिएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी भट्टले भने, ‘तिनको अवस्था विषयमा बुझ्छौं र त्यस्ता अतिक्रमित संरचना हटाउन प्राथमिताका साथ लाग्छौंं।’ अतिक्रमित सरकारी र सार्वजनिक जग्गा कानुन अनुसार संरक्षण गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको उनले बताए। आजको नागरिक दैनिकबाट

 

IME Lifesidebar
kumari