stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आयुर्वेदिक उपचार पद्धतिप्रति आकर्षण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । शरीरको शुद्धीकरण गर्न एवं रोग प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक विधि पञ्चकर्म नेपालमा पनि लोकप्रिय भइरहेको छ । आयुर्वेदप्रतिको आस्था विश्वास हराए पनि पञ्चकर्म विधिले धेरै पुरानो रोग निको गरेको आयुर्वेदिक चिकित्सकको दाबी छ ।
शरीरलाई शुद्ध बनाउन र रोगव्याधीबाट थलिएकालाई पुनर्जीवन दिनका लागि उपयोगी मानिने पञ्चकर्म प्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको कार्यकारी निर्देशक डा. रामआधार यादवले बताउनुभयो ।
डा. यादवले पञ्चकर्म प्रक्रिया रोगी नभई निरोगी व्यक्तिलाई समेत भविष्यमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न सघाउने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका काय चिकित्सा डा। सिर्जना श्रेष्ठले पञ्चकर्म विधिले बिरामीको पीडा कम गर्नुका साथै रोगीलाई पनि निको पारेको बताउनुभयो ।

यो एक प्रकार आयुर्वेदिक विधि हो जसमा ‘शोधन’ नामक शुद्धीकरण प्रक्रियासँगसम्बन्धी चिकित्सा पद्धतिको एउटा भाग हो, उहाँले भन्नुभयो, यसले शरीरका विषाक्तलाई हटाउने क्रममा शरीरभित्रको जीवविष पैदा गर्न सक्ने तनाव तथा रोगलाई कम गर्नमा मद्दत गर्छ । पञ्चकर्म एक सन्तुलित कार्य प्रणाली हो ।

डा. श्रेष्ठको अनुसार शुद्धीकरणको वास्तविक कार्य प्रणाली सुरु हुनु पहिले शरीरबाट जीवविष निकाल्नुपर्छ । पञ्चकर्म एक व्यक्तिकृत उपचार हो डा। श्रेष्ठले थप्नुभयो, एक विशेष पञ्चकर्म विधि जुन व्यक्तिको बनावट तथा विकारका आधारमा दिइने गरिन्छ । यसमा सामान्यतया पाँच चिकित्साका केही भाग मात्रआवश्यक हुन्छ ।

पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति एक उत्कृष्ट आयुर्वेदिक उपचार विधि हो डा। श्रेष्ठले थप्नुभयो, यसलाई प्राचीन चिकित्सा पद्धतिका रूपमा समेत लिइन्छ । खास गरी हाम्रो शरीरमा लाग्ने विभिन्न रोगका कारण हुने बाथ, पित्त र कफको दोष निवारणका लागि पञ्चकर्म विधि अपनाइने गरिन्छ ।

रोगी वा निरोगी हरेक व्यक्तिका लागि पञ्चकर्मको प्रक्रिया फरकफरक हुन सक्छ उहाँका अनुसार यो प्रक्रिया चिकित्सकले ती व्यक्तिको शारीरिक स्थिति, बल, उमेर, रोग प्रतिरोधक क्षमता, रोग आदिलाई हेरेर निर्धारण गर्छन् ।
पञ्चकर्म विधिअन्तर्गत वमन, (उपचारात्मक उल्टी), विरेचन (परिष्करण चिकित्सा), वस्ती (एनिमा), नश्य(नाकको सफाइ), रक्त मोक्क्षणद्वारा उपाचार गरिने डा. श्रेष्ठले प्रस्ट पार्नुभयो ।

उहाँले बच्चा, वृद्ध, अशक्त, गर्भवती, क्षयरोगी आदिले पञ्चकर्म गराउनु नहुने मान्यता रहेको पनि बताउनुभयो । पञ्चकर्मले करिब १४० रोगबाट मुक्ति मिल्ने औँल्याउँदै डा। यादव भन्नुहुन्छ, ‘यो चिकित्साले वाथबाट हुने ८०, पित्तबाट हुने ४० र कफबाट हुने २० प्रकारका रोगको उपचार हुन्छ ।’पञ्चकर्म सबै मौसममा गरिने भए पनि यसलाई वसन्त ऋतुमा गर्नु सबैभन्दा बढी उपयुक्त मानिन्छ ।

मधुमेह, पक्षाघात, आरर्थाइटिस, गठिया, अटोइम्युन रोग, श्वासप्रश्वासको रोग, जीवनशैलीसँग जोडिएको रोग, न्युरोलजिकल डिसअर्डर, छालासम्बन्धी समस्या, फोक्सो, पेट–आन्द्रा, पसिनाको ग्रन्थी, मूत्राशय, मलाशय, साधारण ज्वरो, यौन रोग, मिर्गौलाको पत्थरी, मुटुको समस्या, उल्टी, ढाडको समस्या, गर्दनको दुखाइ, उच्च अम्लियपना, आंशिक पक्षघात, कब्जियत, पाचनसम्बन्धी समस्या मोटोपना, पायल्स तथा जोर्नीको दुखाइ कम गर्न मद्दत गर्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेका छन ।

prabhu mahalaxmi
kumari