stcnepal long ad
ime life insurance
national life
global ime bank long

अदालतलाई धम्क्याउने प्रवृत्ति गलत : देउवा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

चौतारा  । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटन वा पुनस्र्थापना जे भए पनि अदालतको निर्णयको पर्खाइमा काँग्रेस रहेको बताउनुभएको छ ।

सडकमा आन्दोलन गरेर र धम्क्याएर आफ्नो पक्षमा फैसला गर्न लगाउने प्रवृत्ति गलत रहेको स्पष्ट गर्दै उहाँले अदालतको फैसला काँग्रेसलाई मान्य भएको बताउनुभयो ।

काँग्रेस केन्द्रीय खेलकुद विभागद्वारा सिन्धुपाल्चोकको बाह्रबिसे–३ मा आयोजित प्रथम कोमलमाया–खडक बस्नेत स्मृति फुटबल प्रतियोगिताको समापन समारोहमा बोल्नुहुँदै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक भए पनि अदालतबाट आउने फैसला मान्न काँग्रेस तयार रहेको बताउनुभयो ।

‘‘अहिले मुद्दा अदालतमा विचाराधीन छ, काँग्रेसजस्तो प्रजातान्त्रिक पार्टीले यसो गर, उसो गर भनेर दबाब दिँदैन,’’ उहाँले थप्नुभयो, ‘‘अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरेछ भने हामी ससंद्मा सशक्त रूपमा प्रस्तुत हुन्छाँै, चुनावमा जाने निर्णय गरेछ भने चुनावमा भाग लिन्छाँै र त्यसका लागि तयारी पनि गर्छौं ।’’

काँग्रेस सधैँ स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेको बताउनुहुँदै सभापति देउवाले अदालतलाई पक्ष वा विपक्षमा फैसला गर्न सडक सङ्घर्ष नगर्ने देउवाले प्रस्ट पार्नुभयो । स्वतन्त्र निकायलाई स्वतन्त्र रूपमा नै निर्णय गर्न दिनुपर्छ, न्यायालयलाई कुनै पनि रूपमा प्रभावित बनाउन नहुने उहाँको भनाइ छ ।

असंवैधानिक कदमको विरोधमा काँग्रेसले अहिले देशभर कार्यक्रम गरिरहेको बताउनु हुँदै उहाँले निर्वाचन हुने अवस्था आए तयार रहन कार्यकर्तालाई आह्वान पनि गर्नुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा विदुर आचार्यले लेखेका छन ।

IME Lifesidebar
kumari