stcnepal long ad
ime life insurance
national life
global ime bank long

बिजुली काटिन थालेपछि प्रधानमन्त्री कार्यालयले दियो कडा चेतावनी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका विभिन्न सहरी क्षेत्रमा विद्युत् आपूर्ति आकस्मिक बन्द हुने (ट्रिपिङ) समस्या बढिरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक सहित विभिन्न नेतृत्वमा रहेका उच्च टिमलाई बोलाएर समस्याबारे विस्तृत जानकारी लिएको छ ।

प्रधानमन्त्री कार्यालयले विद्युत् आपूर्तिमा नियतवश समस्या सिर्जना भएको र बदमासी गरिएको पाइए कडा कारबाही हुने चेतावनीसमेत दिएको छ । साथै प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउनसमेत प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया, प्रधानमन्त्री कार्यालयका सचिव तोयनारायण ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे लगायतले प्राधिकरण नेतृत्वलाई ट्रिपिङको समस्या छिटोभन्दा छिटो हटाउन तत्कालै आवश्यक पहल गर्न निर्देशन दिएका थिए । पछिल्ला दिनमा अकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा जायज गुनासो र माग सम्बोधन गर्न निर्देशन दिएको छ । आजको राजधानी दैनिकबाट

IME Lifesidebar
kumari