stcnepal long ad
ime life insurance
national life
global ime bank long

कोरोना बिमा दाबीमध्ये २५ सयको निवेदन फिर्ता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मंगलबारसम्म परेका कोरोना बिमा दाबीमध्ये करिब २ हजार ५ सय वटाको प्रक्रिया नमिलेको पाइएको छ । प्रायःको नाम, थर, ठेगाना, परीक्षण मिति लगायत विवरण नमिलेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) बाट फिर्ता आएको बीमा समितिले जनाएको छ ।

‘प्रमाणीकरणबाट फिर्ता भएका करिब २ हजार ५ सय त्यस्ता दाबी छन्,’ बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘ती दाबीबारे कोरोना बिमा दाबी व्यवस्थापन उपसमितिमा निर्णय गरिनेछ ।’

उपसमितिमा छलफल भएपछि ती दाबी भुक्तानी गर्न मिल्ने, नमिल्नेबारे निर्णय गरिने उनले बताए । सोही विषयमा छलफलका लागि बुधबार उपसमितिको बैठक बोलाइएको उनले जानकारी दिए ।

दाबी भुक्तानी ढिलाइ भएको विषयमा मंगलबार पनि अर्थ मन्त्रालयमा छलफल भएको छ । छलफलमा विवादित दाबीको निर्णय बिमा दाबी व्यवस्थापन उपसमिति मार्फत गर्न पनि अर्थ मन्त्रालयलाई दिएको बताइएको छ । आजको कान्तिपुर दैनिकबाट

IME Lifesidebar
kumari