stcnepal long ad
ime life insurance
national life
global ime bank long

बोटलर्स नेपालको शेयर विदेशमा खरिदबिक्री, पुँजीगत लाभकर छली आशंकामा छानबिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले स्वामित्व बिक्री गर्दा पुँजीगत लाभकर छली भएको आशंकामा छानबिन सुरु गरेको छ।

विभागले बोटलर्स नेपाल लिमिटेडको ७६।१७ प्रतिशत सेयर बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको सूचनाका आधारमा हालै कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। बोटलर्स नेपाल कोकाकोला, स्प्राइट, फेन्टालगायतका हल्का पेय पदार्थ उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी हो। यो अमेरिकी कम्पनी हो।

बोटलर्स नेपालमा तीन पक्षीय लगानी छ। कुल सेयरमा ७६.१७ प्रतिशत सेयर दुवईमा दर्ता भएको सप्को एसिया कम्पनीको छ। कम्पनीमा २२ प्रतिशत सेयर गोर्खा बु्रअरीको छ भने १.८४ प्रतिशत सेयर सर्वसाधारणको छ। यसमध्ये ७६.१७ प्रतिशत विदेशी लगानीको सेयर किनबेच हुँदा लाभकर छली भएको आशंका विभागको छ।

विभागका अनुसार अहिले सप्को एसियाले आफ्नो सेयर कोकाकोला साउथ वेस्टलाई बिक्री गरेको छ। सप्कोको स्वामित्व हस्तान्तरण हुँदा पुँजीगत लाभकर छली भएको सूचना पाएपछि विभागले अनुसन्धान थालेको हो ।

नेपालमा दर्ता भएको कुनै पनि स्वदेशी वा विदेशी कम्पनीको सेयर बिक्री हुँदा लाभ प्राप्त भए त्यसमा लाभकर तिर्नुपर्ने कानुनी व्यवस्था छ। केही वर्षअघि एनसेलको सेयर विदेशमा बिक्री हुँदा पनि लाभकर लाग्नेरनलाग्ने विषयमा विवाद भएपछि अन्त्यमा लाभकर तिर्नुपर्ने गरी मिलेको थियो।

विभागका महानिर्देशक दीर्घराज मैनालीले बोटलर्स नेपालको सेयर बिक्रीमा पुँजीगत लाभकर छली भएको आशंकामा अनुसन्धान अघि बढाएको जानकारी दिए। ‘बोटलर्स नेपालमा सप्को एसियाको सेयर बिक्री विषयमा छानबिन अघि बढाएका छौं,’ मैनालीले भने, ‘लाभकर छली भएरनभएको र छली भएको भए रकमसहित विस्तृत विवरण छानबिनपछि मात्र पत्ता लाग्नेछ।’ अनुसन्धानको विषय भएकाले अहिले नै धेरै बताउन नमिल्ने मैनालीले बताए।

विभागले अहिले बोटलर्स नेपालका लेखा प्रमुख अशोक मण्डललाई तारिखमा राखेको छ । अहिलेसम्म सप्को एसिया कम्पनीमार्फत साउथ अफ्रिकन कम्पनी गुत्से परिवारले नेपाल बोटलर्समा लगानी गरेको थियो। अहिले उक्त सेयर सप्को एसिया कम्पनीले दि कोकाकोला साउथ वेस्टलाई बिक्री गरेर गुत्से परिवार कम्पनीबाट बाहिरिएको छ। यसैमा पुँजीगत लाभकर छली भएको आशंका विभागको छ।

यो कम्पनी नेपाल स्टक एक्सचेन्जमा पनि सूचीकृत छ। बोटलर्स नेपाल बालाजु लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडको सोमबार बजार मूल्य कुल १४ अर्ब ७१ करोड २९ लाख ८२ हजार दुई सय १० रूपैयाँ रहेको छ।  बोटलर्स नेपाल बालाजु  लिमिटेडको चुक्ता पुँजी १९ करोड ४८ लाख ८८ हजार सात सय रूपैयाँ र बोटलर्स नेपाल तराई भरतपुरको चुक्ता पुँजी १२ करोड १० लाख रूपैयाँ छ ।

नेप्सेका अनुसार सोमबार बोटलर्स नेपाल बालाजुको प्रतिकित्ता सेयर मूल्य १८ सय ३० र बोटलर्स नेपाल तराईको प्रतिकित्ता सेयर मूल्य नौ हजार दुई सय १२ रूपैयाँ रहेको छ। सोमबारको बजारमूल्य अनुसार बोटलर्स नेपाल ९बालाजु० को सेयर पुँजी तीन अर्ब ५६ करोड ६४ लाख ३२ हजार रूपैयाँ र बोटलर्स नेपाल तराईको सेयर पुँजी ११ अर्ब १४ करोड ६५ लाख २० हजार रूपैयाँ रहेको छ। बोटलर्स नेपाल ९तराई० मा बोटलर्स नेपाल बालाजुको लगानी करिब ९० प्रतिशत छ।

बोटलर्स नेपाल कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता छ। सप्को एसियाले सेयरबिक्री गरेको जानकारी कम्पनी रजिस्ट्रार कार्यालयलाई दिएको छैन । बोटलर्स नेपालमा सप्को एसियामार्फत लगानी गरेको गुत्से परिवारले २०७१ सालमा सेयरबिक्री गरेको थियो।

सरकारले करिब ६ वर्षपछि थाहा पाएर अनुसन्धान अघि बढाएको हो। ‘बोटलर्सका बोर्ड अफ डाइरेक्टर परिवर्तन भएपछि बिक्री गरेको थाहा भयो,’ विभागका एक उच्च अधिकारीले भने, ‘त्यसपछि अनुसन्धान गर्दा सेयर स्वामित्व बिक्री गरेको पाइयो।’

कम्पनीले स्वामित्व परिवर्तन गर्दा कम्पनी रजिस्टारको कार्यालयलाई जानकारी दिनुपर्ने भए पनि त्यसो नगरी कारोबार गरेको विभाग स्रोतले बतायो। दुबईमा दर्ता भएको कम्पनीमार्फत लगानी भएकाले विदेशमा नै सेयर बिक्री गर्दा नेपालको सरकारी निकायलाई जानकारी दिएन।

विदेशमा दर्ता भएको कम्पनी भए पनि नेपालको कम्पनीमा गरिएको लगानीको स्वामित्व परिवर्तन गर्दा नाफाको २५ प्रतिशत पुँजीगत लाभकर तिनुपर्ने कानुनी व्यवस्था छ।

प्रारम्भिक अनुसन्धानमा करिब चार अर्ब रूपैयाँ पुँजीगत लाभकर छली गरेको विभागको अनुमान छ। खरिदबिक्रीमा भएको नाफामा पुँजीगत लाभकर निर्धारण गरिन्छ। बोटलर्स नेपालको सेयर कारोबार सप्को एसियाको दुबईमा भए पनि नेपालको कानुन अनुसार नेपालमा दर्ता भएको कम्पनीमा लगानी गरेर बिक्री गरेकाले पुँजीगत लाभकर तिर्नुपर्ने विभागको तर्क छ।  यस्तै सेयर खरिदबिक्री विवादमा एनसेलले पुँजीगत लाभकर तिरेको छ। यसका आधारमा बोटलर्सको सेयर किनबेचमा नेपालमा पुँजीगत लाभकर तिर्नुपर्ने विभागको तर्क छ। आजको नागरिक दैनिकबाट

IME Lifesidebar
kumari