stcnepal long ad
ime life insurance
national life
global ime bank long

सार्वजनिक यातायातमा पूरै सिट यात्रु राख्न पाउनु पर्ने व्यवसायीको माग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले असोज १ गतेदेखि लामो दूरीको यातायात खोले पनि यात्रु नपाउँदा व्यवसायी चिन्तित भएका छन् । दसैं नजिकिँदै जाँदा प्रत्येक वर्ष प्रायः असोज पहिलो सातादेखि अग्रिम टिकट खुल्ने गरे पनि अहिले यात्रु नपाउँदा व्यवसायी अन्योलमा छन् ।

सरकारले कोरोना नियन्त्रणका लागि चैत ११ देखि गरेको बन्दाबन्दीपछि लामो दूरीका सार्वजनिक यातायात १ असोजदेखि सिट क्षमताभन्दा आधा यात्रु राखेर चलाउन दिने निर्णय सरकारले गरेको थियो ।

सिट क्षमताभन्दा आधा मात्र यात्रु राख्न पाउने भएपछि सरकारले नै ५० प्रतिशत भाडा बढाइदियो । उक्त निर्णयपछि धराशयी यातायातमा केही राहत पुग्ने अपेक्षाका साथ व्यवसायीले बिग्रिसकेका गाडी निकालेर चलाए । यद्यपि, व्यवसायीले सिट क्षमताभन्दा आधा यात्रु पनि नपाएको बताएका छन् ।

बसमा ५० प्रतिशतसम्म भाडा वृद्धि गरेर आधा यात्रु मात्र राख्न दिने तर साविककै भाडामा पूरा यात्रु राखेर हवाई उडान अनुमति दिँदा बसका यात्रु पनि हवाई यात्रामा आकर्षित भएको व्यवसायीको निष्कर्ष छ ।

‘बसको भाडा बढेकाले थोरै मात्र पैसा थपेर जहाज चढ्न पाउने भएपछि सडक मार्ग भएर बाहिरिने यात्रु पनि हवाइै उडानतर्फ आकर्षित भएका छन्,’ नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रराज कर्माचार्यले भने ।

उनले व्यवसायीहरू भोकै मनुपर्ने अवस्था सिर्जना भएकाले व्यवसाय बचाउनका लागि भए पनि पूरै यात्रु राखेर यातायात चलाउन दिनुपर्ने बताए ।

‘सुरक्षा मापदण्ड अपनाएर गाडीमा पनि पूरै यात्रु राख्न दिनुपर्छ,’ उनले भने, ‘यस्तो महामारीको वेला भाडा वृद्धि गर्नु यात्रुका लागि पनि हितकर होइन ।’

व्यवसायीले गाडी चलाउनै नसकिने अवस्था आएकाले पुरानै भाडामा स्वास्थ्य मापदण्ड अपनाएर पूर्ण सिट यात्रु राख्नुपर्ने माग यातायात व्यवस्था विभागसँग राखेका थिए ।

विभागसँगको पटक–पटकको छलफलपछि विभागले पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पूरै यात्रु राख्न दिनुपर्ने प्रस्ताव पठाएको छ ।

‘व्यवसायीको पटक पटकको ताकेतापछि हामीले मन्त्रालयमा यसको प्रस्ताव पठाएका छौं,’ विभागका प्रवक्ता डा। लोकनाथ भुसालले भने ।

अघिल्ला वर्षमा दसैं–तिहारको समय काठमाडौंबाट २० लाख यात्रु दसैं मान्न घर फर्किने गरेका थिए । यस वर्ष बढीमा ५ लाख यात्रु बाहिरिने आकलन व्यवसायीको छ ।

अघिल्लो वर्ष असोज ७ गतेदेखि यातायात व्यवस्था विभाग र व्यवसायी मिलेर अग्रिम टिकट खुलाएकामा त्यसको एक सातामै २ लाख बढी यात्रु काठमाडौंबाट बाहिरिएका थिए । यो वर्ष यात्रुको संख्या बढी नभएकाले अग्रिम टिकट खुलाउन आवश्यक नरहेको व्यवसायीहरू बताउँछन् ।

महासंघका अनुसार सार्वजनिक यातायात खुलेको १८ दिनसम्म १२ हजार मात्र यात्रु बाहिरिएको महासंघले बताएको छ । यो समयमा बाहिरी जिल्लाबाट १४ हजार बराबर यात्रु भित्रिएको महासंघ अध्यक्ष कर्माचार्यले जानकारी दिए । आजको आर्थिक अभियान दैनिकबाट

IME Lifesidebar
kumari