stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

एसियाली राजमार्गसँग जोडियो नेपाल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । एसियाली राजमार्गसँग नेपाली राजमार्ग जोडिएका छन् । एसियाली मुलुकबीच सडक सञ्जाल जोडेर निर्वाध रूपमा आवतजावत तथा व्यापार गर्न पाउने अवधारणाअन्तर्गत यस्तो पहुँच जोडिएको हो ।

नेपाल र भारत जोड्ने सीमामा रहेको मेची नदीमा चार लेनको पुल निर्माण भएसँगै ‘ए क्लास’ को एसियाली राजमार्गसँग नेपालको पहुँच जोडिएको हो । एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा निर्माण भएको सो पुलको लम्बाइ ७९० मिटर रहेको छ । मेची पुलसँगै नेपालतर्फ डेढ किलोमिटर ‘एसियन हाइवे एप्रोच रोड’ समेत निर्माण गरिएको छ ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले मेची नदीमा पुल निर्माण भई सञ्चालनमा आएसँगै अब नेपालको पहुँच ए क्लासको ‘एसियन हाइवे’ सँग भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेची नदीमा यसअघि दुई लेनको मात्र पुल थियो, अहिले चार लेनको पुल निर्माण भएसँगै नेपाल सीमापारि निर्माण गरिएको ए क्लासको ‘एसियन हाइवे’ सँग जोडिएकोे छ ।” यसअघि सीमापारि पनि ए क्लासको ‘एसियन हाइवे’ निर्माण गरिएको थिएन ।

नेपालको पूर्व–पश्चिम राजमार्ग र अरनिको राजमार्ग ‘एसियन हाइवे’ अन्तर्गत पर्दछन् । पूर्व–पश्चिम राजमार्ग ‘एसियन हाइवे’ को ? ट–२ र अरनिको राजमार्ग ? ट–४२ अन्तर्गत पर्दछन् । नेपालको पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने काम सु? भइसकेको बताउँदै उहाँले भन्नुभयो, “उक्त राजमार्गको नारायणगढ–बुटवल खण्डमा बिस्तार कार्य सु? भइसकेको छ भने नारायणगढ–हेटौँडा–पथलैया–कमला हुँदै काँकडभिट्टासम्म परापर्शदाता नियुक्त हुने प्रक्रियामा रहेको छ ।”

“एसियाली राजमार्गका आफ्नै मापदण्ड छन् र अहिले नेपालका दुई राजमार्ग ‘सी क्लास’ अन्तर्गत पर्दछन्” महानिर्देशक शर्माले भन्नुभयो, “यी दुई राजमार्गलाई चार लेनमा बिस्तार गरी मापदण्ड पूरा गरेपछि ‘ए क्लास’ मा स्तरोन्नति हुन्छ ।”

महानिर्देशक शर्माका अनुसार एसियन हाइवेको ?ट–२ थाइल्यान्डको बैङ्ककबाट सु? भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर बनबासा र त्यहाँबाट भारतको दिल्ली हुँदै पाकिस्तानको कराँची पुग्छ ।

त्यसैगरी, एसियन हाइवेको ?ट–४२ अन्तर्गत भारतको रक्सौल हुँदै नेपालको वीरगञ्ज, नारायणगढ, काठमाडौँ भएर अरनिको राजमार्गको धुलिखेल, बाह्रबिसे, तातोपानी हुँदै चीनको ल्हासासम्म पुग्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन ।

prabhu mahalaxmi
kumari