stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

हवाई इन्धनको मूल्य घटाउन माग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आन्तरिक हवाई सेवा कम्पनीहरूले हवाई इन्धनकोे मूल्य घटाउन माग गरेका छन् तर नेपाल आयल निगमले भने तत्काल घटाउन नसकिने जनाएको छ ।

कोरोनाका कारण हवाई क्षेत्र अति प्रभावित भएको र इन्धनका कारण हवाई सेवा अरू महँगो हुन पुगेको दाबी वायु सेवाहरूको छ । निगमले भने अन्तर्राष्ट्रिय बजारअनुसारकै मूल्य निर्धारण हँुदै आएको जनाएको छ ।

हवाई यात्रुको एउटा टिकटमा ३० प्रतिशत हिस्सा इन्धनले ओगट्ने कम्पनीको दाबी छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत भन्नुहुन्छ, “हवाई इन्धन महँगो भएका कारण टिकट महँगो हुन गएको छ । हामीले पटक–पटक हवाई इन्धन महँगो भयो भनेका छौँ तर सरोकारवाला निकायले ध्यान दिएको छैन । ”

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति नै बनाएर हवाई भाडाबारे अध्ययन गरेको थियो । सो अध्ययनले भाडा घटाउनु पर्ने सुझाव दिएको थियो । मन्त्रालयले निगमलाई केही हप्ताअघि पनि हवाई भाडा घटाउन पत्र पठाएको थियो तर कर छुट लगायत सकिनेजति सुविधा प्रदान भएको र अन्तर्राष्ट्रिय मूल्य तथा भारत नेपालको स्वचालित मूल्य सूची प्रणालीअनुसार तत्काल घटाउने सम्भावना नरहेको निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले बताउनुभयो ।

आन्तरिक उडानको हवाई इन्धनमा सरकारले कर छुटदेखि उधारोमा इन्धन भर्न पाउनेसम्मको सुविधा दिएको उहाँले जनाउनुभयो । कोरोना महामारीले अति प्रभावित भएको आन्तरिक हवाई क्षेत्रलाई सहज सुचारुका लागि सरकारले सुविधा प्रदान गरेको हो ।

सरकारले करमा प्रतिलिटर १० रुपियाँ छुट दिएपछि नेपालमा मट्टीतेलभन्दा आन्तरिक हवाई इन्धन सस्तो रहेको निगमको दाबी छ । नेपाल आयल निगमले डिजेल, मट्टीतेलको मूल्य प्रति लिटर ९० रुपियाँ तोकेको छ भने आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ६५ रुपियाँ छ । आन्तरिक उडानतर्फको हवाई इन्धनको मूल्य १० वर्षअघिको मूल्य बराबर भएको निगमले जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ को बजेटले हवाई इन्धन तर्फ पूर्वाधार विकास कर छुट गरी प्रति लिटर १० रुपियाँ घटाएपछि ६५ रुपियाँ कायम भएको हो । कर छुट नगर्दा पनि हवाई इन्धन डिजेल, मट्टीतेल भन्दा सस्तो नै थियो । सरकारले १० रुपियाँ कर छुट गरेपछि निगमले सोही अनुसार मूल्य तोकेको थियो ।

अन्तर्राष्ट्रिय तर्फ पनि कर छुट गरी हवाई इन्धनको मूल्य घटाएर ८६८ प्रति किलोलिटर कायम छ । निगमले अहिले पनि आन्तरिक हवाई इन्धनमा प्रति लिटर १० रुपियाँभन्दा बढी नाफा नलिने नीति लिएको जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन ।

prabhu mahalaxmi
kumari