नेपाल आउन शर्तैशर्त
काठमाडौं । सरकारले आगामी १६ भदौबाट हुने भनिएको नियमित तथा चार्टर उडानको तालिका बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका बनाएर स्वीकृत गरी कार्यान्वयनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको नयाँ उडान तालिकाअनुसार अब नेपाल आउने हवाई यात्रु र नेपालसम्म ल्याउने वायुसेवा कम्पनीले विभिन्न सर्तको पूर्ण पालना गर्नुपर्नेछ ।
–पिसिआर रिपोर्ट नेगेटिभ अनिवार्य
–सबै यात्रुको पिसिआर नेगेटिभ भए सोझै घर जान पाइने
–अनलाइन फाराम अनिवार्य
–फाराम भएका र नभएका यात्रु मिसाउन नपाइने
–कोरोना परीक्षण नगरेका यात्रु ल्याए कारबाही
–विदेशी यात्रुको हकमा परिचयपत्र अनिवार्य
–भिसाको जिम्मा अध्यागमनलाई
–नियुक्तिपत्रवाहकलाई छुट
–स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य
यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।
























