stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

खुल्दै होटल, जुर्मुराउँदै पर्यटन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् ।
सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनको अनुमति दिएपछि नेपालको होटल खुला छ भन्ने सन्देश दिने उद्देश्य सहित होटल सञ्चालन हुन लागेको होटल एसोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिनुभयो ।

होटल सञ्चालनमा ल्याए पनि यो अवस्थामा ठूलो सङ्ख्यामा पर्यटक आउने देखिँदैन, उहाँले भन्नुभयो, यद्यपि सरकारले अनुमति दिएको अवस्थामा नेपालको होटल बन्द छैन भन्ने सन्देश राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा दिन पनि सञ्चालन गर्दैछौँ ।

बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन हुने भए पनि तारे होटलले भने १० प्रतिशत मात्र सेवा सञ्चालन गर्ने भएका छन् । होटल सञ्चालनमा ठूलो खर्च लाग्ने तर त्यस अनुसार ग्राहकको सम्भावना नभएकाले सबै सेवा दिएर सञ्चालनमा ल्याउन समस्या हुने व्यवसायीको भनाइ छ ।
यद्यपि साना र मध्यमस्तरका होटलले भने सेवा दिन सक्ने अवस्था रहेको शाहको भनाइ छ । उहाँका अनुसार यो अवस्थामा स्वास्थ्य प्राथमिकतामा रहेकाले सबै स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सेवा सञ्चालन गर्न आफ्ना सदस्य होटलहरूलाई हानले जानकारी गराएको छ ।

यसअघि नेपाल पर्यटन बोर्डले होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि स्वास्थ्य ‘प्रोटोकल’ सार्वजनिक पनि गरिसकेको छ । साउन १५ गतेदेखि होटल सञ्चालनमा अनुमति दिए पनि यसअघि कतिपय होटल सञ्चालनमा आइसकेका छन् ।

खासगरी विदेशबाट उद्धार गरेर ल्याइएका नेपालीलाई क्वारेन्टाइन स्थलका रूपमा सरकारले तोकेका होटल सञ्चालनमा
आएका थिए ।
यस बाहेक काठमाडौँ उपत्यकाभित्रका केही पाँचतारे होटल पनि यसबीचमा खुला रहे । साउन १ गतेदेखि बन्दाबन्दी केही खुकुलो भएपछि सहरी क्षेत्रका रेस्टुरेन्ट पनि सञ्चालनमा छन् ।

कतिपय रेस्टुरेन्टले पूर्ण रूपमा नै सेवा उपलब्ध गराइरहेका छन् भने कतिपयले बसेर खान नपाउने तर लैजान सकिने ‘टेक अवे’ सेवा दिइरहेका छन् । आजको गोरखापत्र दैनिकबाट

prabhu mahalaxmi
kumari