stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

काँग्रेस सभापतिमा युवा नेता गगन थापासहित ८ जनाको आकांक्षा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी ७ देखि १० फागुनका लागि तय भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । कोरोना संक्रमणको जोखिमको गति अहिलेभन्दा बढेन भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने निश्चित छ ।

कोरोना संक्रमण बढेका कारण स्थानीय अधिवेशनको पूर्व तयारीलाई थाती राखिएकामा साउनदेखि पुनः सुचारु गर्ने निर्णय कांग्रेसको पछिल्लो पटक बसेको केन्द्रीय समितिको बैठकमार्फत गरिसकेको छ ।

केन्द्रीय समितिले स्थानीय तहका अधिवेशनको मिति हेरफेर गर्दै सदस्यता वितरण, पुराना सदस्यता नवीकरण र त्यसका प्रक्रिया अघि बढाएसँगै पार्टीको नेतृत्व हाँक्न आकांक्षीहरूले दौडधुप सुरु गरिसकेका छन् ।

यतिसम्मकी हाल कांग्रेसभित्र स्थापित रहेका गुटभित्रै समेत सभापतिका लागि आकांक्षा देखाउनेहरू बढ्न थालेका छन् । जसअनुसार अहिलेसम्म कसैले पनि आधिकारिक रूपमा घोषणा नगरे पनि कांग्रेसभित्रका तीन फरक फरक गुटमा आठ जना आकांक्षी देखिएका छन् ।

कांग्रेस नेतृत्वका लागि फेरि एक पटक वर्तमान सभापति शेरबहादुर देउवा आफैं उम्मेदवार बन्ने उनी निकट नेताहरू बताउँछन् ।

यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत आफू निकट नेताहरूमार्फत सभापतिका लागि आफू तयार रहेको सन्देश दिँदै आइरहेका छन् ।

१३ औं महाधिवेशनमा सभापतिमा उम्मेदवार बनेर कांग्रेस भित्र आफ्नो गुट स्थापित गरेका नेता कृष्णप्रसाद सिटौला, हाल उपसभापति रहेका विमलेन्द्र निधि, वर्तमान महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री समेत रहेका नेता प्रकाशमान सिंह, अर्का नेता डा. शेखर र युवा नेता गगन थापाले समेत पार्टी नेतृत्वका लागि आकांक्षा देखाएका छन् ।

कांग्रेसको गत ११ पुसमा बसेको केन्द्रीय समितिको बैठकले ७ देखि १० फागुन २०७७ मा काठमाडौंमा १४ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।, यो खबर आजका राजधानी दैनिकमा छ ।

prabhu mahalaxmi
kumari