stcnepal long ad
Himalayan bank
national life

तयारी नपुग्दा चक्रपथ विस्तारमा ढिलाइ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । विस्तारका लागि पूर्वतयारी समयमै नगरिँदा राजधानीको चक्रपथ विस्तारको दोस्रो चरणको काममा ढिलाइ भएको छ ।

विस्तारका लागि बिजुलीका पोल सार्ने तथा सडक क्षेत्रमा परेका संरचना हटाउने कार्य सकिएको छैन । त्यसैगरी महाराजगञ्ज क्षेत्रमा गर्नुपर्ने जग्गा अधिग्रहण हुन नसक्दा चक्रपथ विस्तार हुन नसकेको हो ।
सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले चक्रपथको कलङ्कीदेखि धोबीखोला पुलसम्म विस्तार गर्न दुई मुलुकबीच सबै प्रक्रिया पूरा भए पनि विस्तारका लागि नेपाल तर्फको तयारी नसकिएकाले चिनियाँ प्राविधिक तथा कामदार नेपाल आउन नसकेको बताउनुभयो ।

सम्बद्ध अधिकारीहरूका अनुसार महाराजगञ्ज क्षेत्रमा घर भत्काउन र जग्गा अधिग्रहण कार्य दोस्रो चरणको चक्रपथ विस्तारको मुख्य समस्याका रूपमा देखिएको छ ।
चक्रपथको कलङ्कीदेखि महाराजगञ्ज हुुँदै धोबीखोला चाबहिल पुलसम्म विस्तार गर्न लागिएको हो । चक्रपथको यो खण्डको कुल लम्बाइ ११।६ किलोमिटर छ ।

कलङ्कीदेखि महाराजगञ्जसम्मको लम्बाइ ८।२ किलोमिटर र कलङ्कीदेखि कोटेश्वरसम्मको कुल लम्बाइ १७ किलोमिटर छ । गएको पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चक्रपथ विस्तारका लागि महाराजगञ्ज क्षेत्रमा सडक सीमाको दायाँबायाँ ३१/३१ मिटर जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो ।
चक्रपथको सो खण्ड विस्तारका लागि चीन सरकारसँग सम्झौता भई सबै कानुनी प्रक्रिया पूरा भइसके पनि जग्गा अधिग्रहण तथा चक्रपथ क्षेत्रमा जडान गरिएका युटिलिटिज (प्रयोग )का सामग्रीको स्थानान्तरण हुन नसक्दा चक्रपथ विस्तार कार्य सुरु हुन सकेको छैन । सन् २०१८ को जुनसम्म चक्रपथको उक्त खण्डमा पर्ने ढल, विद्युत् र टेलिफोनका पोल हटाउन सडक विभागसँग यसअघि नै लिखित आग्रह गरिसकेको छ ।
उहाँले भन्नुभयो, “चक्रपथ विस्तारका लागि चिनियाँ टोली नेपालको तयारी कुरेर बसेको छ, बिजुलीको पोल स्थानान्तरण, सडक क्षेत्रमा परेका संरचना हटाउने कार्य सम्पन्न हुनु तथा जग्गा अधिग्रहण कार्य पूरा भएको जानकारी हुने बित्तिकै चिनियाँ टोली नेपाल आई काम सुरु गर्नेछन् ।” चक्रपथको ६२ मिटर ‘राइट अफ वे’ क्लियर नभएसम्म चिनियाँहरूले काम सुरु नगर्ने उहाँले जानकारी दिनुभयो ।
काठमाडौँ चक्रपथ सुधार आयोजनाका प्रमुख अमृतमणि रिमालले चक्रपथको कलङ्कीदेखि धोबीखोलासम्म विस्तारका लागि अहिले सडकको ‘राइट अफ वे क्लियर’ गर्ने काम भइरहेको छ ।

बिजुलीको पोल स्थानान्तरण तथा जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढाएको जनाइएको छ । बिजुलीको पोल स्थानान्तरणका लागि नेपाल विद्युत् प्राधिकरणलाई १० करोड रुपियाँ भुक्तानी भइसकेको जानकारी थापाले दिनुभयो ।
त्यसैगरी महाराजगञ्ज चोकका घरहरू हटाउने र नयाँ बसपार्क नजिकका आकाशे पुल भत्काउनुबाहेक चक्रपथ क्षेत्रमा परेका संरचना हटाउने काम भइसकेको छ ।

विस्तारको मुख्य समस्याका रूपमा रहेको महाराजगञ्ज चोकको वरिपरि २१७ मिटर क्षेत्रमा परेका जग्गा अधिग्रहण र घर भत्काउनु नै रहेको बताउँदै उहाँले त्यसका लागि मन्त्रिपरिषद्बाट निर्णय भई काठमाडौँ उपत्यका विकास प्राधिकरणमार्फत काम अगाडि बढाइसकेको जानकारी दिनुभयो । चक्रपथको ‘राइट अफ वे’ ६२ मिटर हुनुपर्नेमा महाराजगञ्जचोक क्षेत्रमा ३० मिटर मात्र छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका  छन।

kumari bank
kumari
nawakantipur long