stcnepal long ad
national life

नेवि सङ्घसित देउवा आक्रोशितः ‘म चारपटक प्रधानमन्त्री भएँ, तिमीहरू कसरी नेता हुन्छौ ?’

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ  । नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घलाई झगडा गरेर समय बर्बाद नगर्न र सङ्गठन बलियो बनाउन निर्देशन दिनुभएको छ ।

नेपाली कांँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्म जयन्तीको सन्दर्भमा नेविसङ्घ केन्द्रीय समितिले शुक्रबार काठमाडौंँको शान्ति वाटिकामा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो विचार राख्नुभएको हो ।

वि.सं. १९८१ असार १८ गते जन्मनुभएका कोइरालाले नेपालमा राजा भएकै अवस्थामा देशको प्रधानमन्त्री र राष्ट्राध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । कोइरालाकै नेतृत्वमा २०६२/६३ को जनआन्दोलन अगाडि बढेको थियो र पहिलो संविधानसभाको निर्वाचन भएको थियो ।

विगतका आन्दोलनमा जुझारु सङ्गठनका रूपमा रहेको नेविसङ्घ पछिल्लो समयमा गुटउपगुटमा विभाजित भएर कमजोर भएको देउवाका ठहर छ ।

कार्यक्रममा नेवि सङ्घका पूर्वमहामन्त्री मनोजमणि आचार्यले सङ्घको अधिवेशन गराउन नदिएको भन्दै सङ्गठनलाई चलायमान बनाउने वातावरण बनाउन सभापति देउवासँग आग्रह गर्नुभएको थियो ।

त्यसपछि आक्रोशित मुद्रामा प्रस्तुत हुनुभएका देउवाले भन्नुभयो, ‘‘राम्रोसँग गर्नुस्, नेविसङ्घलाई बलियो बनाउनुस्, गाउँ ठाउँमा सबै स्कुल, कलेजमा जित्नुस्, जहाँ पनि हारेको हार्यै छ, नेविसङ्घलाई लाज पनि छैन, पहिला हामीले सबै ठाउँमा जितेका थियौँ ।’’

‘स्कुलमा नेविसङ्घ बनाऊ भन्यो बनाउँदै बनाउँदैन् । सबै ठाउँमा कम्युनिस्टले जितेका छन्’ भन्दै सभापति देउवाले ‘अहिले नेवि सङ्घभित्र देखिएको विवाद केही होइन, दुई पक्षबीच बसेर समाधान निस्कन्छ’ भन्नुभयो ।

नेविसङ्घको सभापति भएर नै आफू देशको चार पटक प्रधानमन्त्री भएको उदाहरण पेश गर्दै सभापति देउवाले बलियो सङ्गठनबिना कसरी देशको नेता बन्छौँं भनी विद्यार्थी नेतालाई सचेत गराउनुभयो । उहाँले कोरोना (कोभिड १९) महामारीको बेला कार्यक्रम किन गरेको रु भन्दै प्रश्नस मेत गर्नुभयो ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाका अनुसार, रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गर्नुभएको थियो । कोरोना कारण रक्तदान कार्यक्रम निकै कम हुँदा अस्पतालमा बिरामीले रगत नपाएकाले कार्यक्रम आयोजना गरिएको अध्यक्ष ढुङ्गानाले जानकारी दिनुभएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा नारद गौतमले लेखेका  छन।

gold
kumari bank
kumari
nawakantipur long